एमाले भोजपुरको नवौं जिल्ला अधिवेशनको खुल्ला शत्र सम्पन्न


भोजपुर, २० बैशाख । नेकपा (एमाले) भोजपुरको नवौं जिल्ला अधिवेशनको खुल्ला शत्रको औपचारिक कार्यक्रम सम्पन्न भएको छ । भोजपुर नगरपालिकाको सभाहलमा सम्पन्न कार्यक्रमको प्रमुख अथिति एमाले केन्द्रीय कमिटी उपाध्यक्ष राम बहादुर थापाले (बादल) उद्घाटन गर्नु भएको हो । अधिवेशनबाट एमाले भोजपुरको नयाँ कमिटी चयन हुनेछ । नयाँ कमिटी चयनको लागि भोजपुर जिल्लाका ८१ वडाबाट ६०८ जनाको प्रतिनिधित्व रहेको छ । विहिबार खुल्ला सत्रको कार्यक्रम सम्पन्न भएपश्चात बन्द सत्रको कार्यक्रम शुरु भएको छ । कार्यक्रममा नेकपा एमाले स्थायी कमिटी सदस्य शेरधन राई, केन्द्रीय सदस्य तथा भोजपुर जिल्ला इन्चार्ज रविन कोइराला, केन्द्रीय सदस्य हरि बहादुर राई, प्रशुराम अधिकारी, राजकुमार भण्डारी, एमाले कोशी प्रदेश अध्यक्ष धनश्याम खतिवडा लगायतको उपस्थिति रहेको थियो

कार्यक्रममा बोल्दै कार्यक्रमका प्रमुख अथिति रामबहादुर थापा बादलले सर्वसम्मत सक्षम सफल नेतृत्व चयनमा ध्यान दिनुपर्ने बताउनुभयो । जनता माझमा एमालेको लोकप्रियता दिनानुदिन बढिरहेकोले यसलाई अझ प्रभावकारी रुपमा अघि बढाउन आवश्यक रहेको बताउनुभयो । त्यस्तै एमाले स्थानीय कमिटी सदस्य शेरधन राईले भोजपुर जिल्लाको हकमा एमालेको लोभलाग्दो इतिहास रहेकोले त्यसलाई कायम राख्ने खालको नेतृत्व चयनमा ध्यान दिन आवश्यक रहेको बताउनुभयो । एमालेले छनौट गर्ने नेतृत्व पब्लिक अडिटमा पास भएको हुनु पर्ने धाराणा राख्नु भयो ।

एमालेको नाम अराजक समुहको गतिविधि बढेकोले पार्टीलाई एकताबद्ध रुपमा अघि बढाउन सक्ने नेतृत्व चयनमा ध्यान दिन प्रतिनिधिहरुलाई आग्रह गर्नुभयो । पार्टीलाई कमजोर बनाउने तथा निर्वाचनहरुमा अन्तरघात गर्न लाग्नेहरुप्रति निर्मम भएर अघि बढ्न आवश्यक रहेको उहाँको भनाइ छ । “एमाले भोजपुरको इतिहास गर्विलो छ”उहाँले भन्नुभयो, “यहाँका हुने कामहरु प्रायः एमालेको अनुवाईमा हुने गरेको थियो । तर पछिल्लो समयमा पार्टीको आन्तरिक जीवन खस्किदो अवस्थामा छ । अवको नेतृत्व चयन गर्दा पब्लिक अडिटमा पासका भएकाहरुलाई मात्र एमाले जिम्मेवारी सुम्पिएर अघि बढ्ने छ ।”

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार