एमाले भोजपुरको ९ औँ जिल्ला अधिवेसनको लोगो सार्वजनिक


भोजपुर, १६ चैत । नेपाल कम्युनिष्ट पार्टी (एमाले)भोजपुरको ९ औँ जिल्ला अधिवेसनको लोगो सार्वजनिक भएको छ । शुक्रबार पत्रकार सम्मेलनमार्फत आगमी बैशाख ३ र ४ गते हुने अधिवेसनको लोगो सार्वजनिकसँगै तोकिएको जिम्मेवारीको विषयमा एमाले जानकारी दिएको हो । अधिवसेनमा ८१ वडा का १८ ओटा जनसंगठनबाट करिव छ सय प्रतिनिधि सहभागी हुने पत्रकारसम्मलेनमार्फत जानकारी दिएको छ ।

दशौँपूर्ण बैठकको निर्णय अनुसार जिल्ला अध्यक्ष शरण कुमार राईको अध्यक्षतामा जिल्ला कमिटीका पदाधिकारी, जिल्ला कमिटीका सबै सदस्यहरु साथै ९ वटै स्थानीय तहका इन्चार्जहरु र भोजपुर नगर कमिटीका अध्यक्ष रहेको मुल अधिवेशन आयोजनक कमिटी गठन गरिएको जानकारी दिएको छ ।

त्यस्तै अधिवेसनलाई सफल रुपमा सम्पन्न गराउन विभिन्न उपसमितिहरु गठन गरिएको छ । शरण राईको संयोजकत्वमा राजनितिक तथा सांगठानिक प्रतिवेदन लेखन समिति, रमादेवी राईको संयोजकत्वमा आर्थिक प्रतिवेदन लेखन समिति, ध्यान बहादुर राउतको संयोजकत्वमा प्रतिनिधि व्यवस्थापन समिति गठन गरिएको जनाइएको छ ।

नविन प्रधानको संयोजकत्वमा खाना आवास समिति, एक्सन राईको संयोजकत्वमा प्रचार विभाग, इन्द्र थापाको संयोजकत्वमा आर्थिक संकलन समिति र रेवति रमन थापा संयोजकत्वमा सबै पालिका कमिटीबाट एक एक जना गरी स्वयमसेवक परिचालन समितिले काम गरिरहेको एमाले नवौँ जिल्ला अधिवेसन प्रचार विभागले जानकारी दिएको छ ।

अधिवेशनको नेतृत्व छनौटका लागि निर्वाचन समिति तिर्थ कुमार राईको संयोजकत्वमा उत्तम सिं राई, दावा तेन्जिङ शेर्पा, योगराज लुईटेल, भोला राई, खगेन्द्र राई, सम्झना प्रधान रहेको ७ सदस्यीय कमिटी गठन गरिएको जनाइएको छ । पत्रकार सम्मेलनमा उठेका जिज्ञासाको जबाफ दिँदै जिल्ला अध्यक्ष शरण राईले सर्वसम्मत रुपमा नेतृत्व चयन हुने बताउनुभयो ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार