राष्ट्रिय युवा संघ नेपाल भोजपुरले वितरण गर्यो विद्यार्थीलाई जुत्ता र शैक्षिक सामग्री


भोजपुर, १५ चैत । राष्ट्रिय युवा संघ नेपाल जिल्ला कमिटी भोजपुरले भोजपुरको बहिरा आवशिय आधारभूत विद्यालयका छात्राछात्रलाई जुत्ता र स्टेसनरी सामग्री वितरण गरेको छ । युवा संघको ९औँ जिल्ला अधिवेसन सम्पन्न भएको एक वर्ष पुगेको अवसरमा विद्यार्थीहरुलाई सामग्री वितरण गरिएको हो । युवा संघको वर्षदिन पुगेको अवसरमा विद्यार्थीहरुलाई जुत्ता र स्टेसनसी सामग्री वितरण गरेको राष्ट्रिय युवा संघ नेपाल भोजपुरका अध्यक्ष रविन थापाले जानकारी दिनुभयो ।

युवा संघले यो अवधिसम्म आउनको लागि सहयोग गर्ने सम्पूर्ण पक्षलाई धन्यवादसमेत ज्ञापन गरिएको छ । राष्ट्रिय युवा संघ नेपाल भोजपुरको २०७९ चैत्र १५ गते ९ औँ जिल्ला अधिवेसन सम्पन्न भएको थियो । वितरण कार्यक्रम राष्ट्रिय युवा संघ नेपालको स्थायी कमिटी ज्ञानेन्द्र राई, नेकपा एमाले भोजपुरका उपाध्यक्ष मक्कर खड्का, जिल्ला सचिव तथा पौवादुङमा गाउँपालिका अध्यक्ष किरण राई, युवा संघका केन्द्रीय सदस्य विमल रणपहेली लगायतको सहभागिता रहेको थियो ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार