चट्याङ लागेर टेम्केमैयुङ ५ का चौध घरमा क्षती


भोजपुर १४ चैत । वर्षासँगै परेको चट्याङ लागेर भोजपुरको टेम्केमैयुङ गाउँपालिका ५ चोलन्तीमा १४ घरमा क्षति पुगेको छ । १३ गते राति परेको चट्याङले स्थानीय याम बहादुर राई, राजकुमार राई, बेनी बहादुर विष्ट, कुमारी विष्ट लगाएत अन्य १० घरमा समेत सामान्य क्षती भएको टेम्केमैयुङ गाउँपालिका ५ का वडा सदस्य विष्णु बहादुर विष्टले बताउनुभयो । चट्याङबाट स्थानीयको घरको गारो, ढोका, थाम, मोवाईल, घरको वाईरिङ, विद्युत मिटरबक्स लगाएतमा क्षती भएको जिल्ला प्रहरी कार्यालय भोजपुरले जनाएको छ । प्रहरीका अनुसार चार घरमा करिव एक लाख १० हजार बरावरको क्षती भएको छ ।

चट्याङबाट स्थानीय याम बहादुर राईको ३० हजार, राजकुमार राईको ४५ हजार, बेनी बहादुर विष्टको १५ हजार र कुमारी विष्टको २० हजार बरावरको क्षती भएको जिल्ला प्रहरी कार्यालय भोजपुरका सूचना अधिकारी दल बहादुर राईले बताउनुभयो । चट्याङबाट मानविय तथा पशु चौपाएको भने क्षती नभएको सूचना अधिकारी राईको भनाइ छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार