पाथीभरा ड्राइभिङ स्कूलद्धारा सैद्धान्तिक कक्षा सञ्चालन


भोजपुर, १३ माघ । पाथीभरा ड्राइभिङ स्कूल भोजपुरले सैद्धान्तिक कक्षा सञ्चालन गरेको छ । ड्राइभिङ सेन्टरमा चार पाङ्ग्रे सवारी साधन सिकिरहेकाहरुलाई लक्षित गरेर कक्षा सञ्चालन गरेको हो । उनीहरुलाई अभ्याससँगै सैद्धान्तिक ज्ञान दिने लक्ष्यले कक्षा सञ्चालन गरिएको स्कूलका सञ्चालक सुमन प्रधानले जानकारी दिनुभयो ।

सैद्धान्तिक कक्षामा सवारी साधनमा प्रयोग हुने हात र खुट्टाले परिचालन गर्नु पर्ने उपकरण, गियर र यसको प्रयोग गर्ने तरिका, ब्रेक र बाह्य उपकरण लगायतको विषयमा श्रव्य दृश्यको माध्यमबाट जानकारी दिइएको उहाँले बताउनुभयो । भोजपुर नगरपाकिा ५ बोखिमको थर्पु होटलमा सञ्चालन गरिएको एक दिने कक्षामा २० जना प्रशिक्षार्थीको सहभागिता रहेको थियो ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार