करुणा फाउण्डेसन भोजपुरद्धारा बालवालिकालाई न्यानो कपडा तथा खाद्य सामग्री वितरण


भोजपुर, १७ मंसिर । करुणा फाउण्डेसनले भोजपुरका दुई विद्यालयका बालबालिकाहरुलाई स्वेटर तथा खाद्य सामग्री वितरण गरेको छ । ३२ औँ अन्तराष्ट्रिय अपाङगता दिवसको अवसरमा भोजपुर बहिरा आवासिय आधारभुत विद्यालयका २२ जना बालबालिकाहरुलाई स्वेटर र यशोधरा माध्यमिक विद्यालयका ११ जना बौद्धिक अपङगता भएका विद्यार्थीलाई दाल, चामल, तेल, अण्डा लगाएतका खाद्य सामग्री तथा तीन थान बलाङकेट वितरण गरेको हो ।

त्यस्तै दिवसकै अवसरमा जिल्ला प्रशासन कार्यालय, जिल्ला अस्पताल, स्वस्थ्य कार्यालय लगाएत २० सरकारी कार्यालयमा अपङगता भएका व्यक्तिहरुलाई प्रयोग गरिने मर्यादित भाषाको पोष्टर समेत वितरण गरिएको करुणा फाउण्डेसन भोजपुरका प्रमुख निश्चल घिमिरेले बताए । यसले बालबालिकाको शैक्षिक सुधारमा केही सहयोग पुग्ने प्रमुख घिमिरेको भनाई छ । कार्यक्रममा बोल्दै जिल्ला समन्वय समिति उपप्रमुख अनिशा खड्काले करुणा फाउण्डेसनको अगुवाईमा भएको काम प्रशंसायोग्य रहेको बताईन ।

 जिल्ला समन्वय समितिका उपप्रमुख अनिशा खड्काद्धारा यशोधरा माध्यामिक विद्यालयका प्रधानध्यापक ध्रुवराज रेग्मी र भोजपुर बहिरा आवासीय आधारभुत विद्यालयका प्रधानध्यापक सरिता तामाङको उपस्थितिमा सामग्री हस्तानतरण गरिएको हो ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार