भोजपुरको लेखर्कमा भलिवल प्रतियोगिता सम्पन्न


भोजपुर, २८ कात्तिक । भोजपुरको टेम्कमैयुङ गाउँपालिका -९ लेखर्कको पाँचधारेमा भलिबल प्रतियोगिता सम्पन्न भएको छ । खेलकुद विकास समिति टेम्केमैयुङ-९ लेखर्कको आयोजनामा प्रतियोगिता गरिएको हो । साविक वडास्तरिय प्रतियोगितामा पुरुष ३५ टिम र महिला १२ टिम गरी ४७ टिमको सहभागिता रहेको आयोजकले जनाएको छ ।

प्रतियोगितामा पुरुष तर्फ रावा वेँसी कुभिण्डे प्रथम, भाले ढुङ्गा अरुण गाउँपालिका दितिय, र गोगने तृतिय भएको छ । प्रथम दितिय र तृतिय हुने टिमले प्रमाण पत्रको साथमा क्रमशः ५१ हजार,२७ हजार र १५ हजार नगद पाएका छन् । त्यस्तै महिला तर्फ वैराङ २ प्रथम, खिदिमा दितिय र बोपुङ तृतिय भएका छन् । प्रथम, दितिय र तृतिय हुने टिमले प्रमाण पत्रको साथमा क्रमश १५ हजार, १० हजार र ५ हजार नगद पाएका छन् ।

कार्यक्रमको समापन समारोहमा बोल्दै पूर्व सामाजिक विकास राज्य मन्त्री तथा प्रदेश सभा सांसद सिर्जना राईले खेल क्षेत्रको विकासमा राज्यले ध्यान दिनुपर्ने बताइन् । खेल र खेलाडीको विकासको लागि राज्य गम्भिर बन्नु पर्ने उनको धाराणा छ । “खेल क्षेत्रको विकासमा राज्यले गम्भिर बन्न आवश्यक छ” उनले भनिन्“ खेलको क्षेत्रको विकासको लागि भौतिक संरचनाको विकासमा ध्यान दिनु पर्ने छ । आफ्नो ठाउँबाट खेल क्षेत्रको विकासमा पहल गरिरहेकी छु ।”

आफ्नो कार्यकालमा शिर झुकाउने खालको कुनै पनि काम नगर्ने बताउदै सांसद राईले जिल्लाको समग्र विकासलाई पहल गरिरहेको धाराणा राखिन् । कोशी प्रदेश सरकार स्थिर नबनेको कारण विकासका काममा बाधा पुगेको उनको भनाइ छ ।

“तपाईहरुको कारण म यो स्थानमा छु” उनले भनिन्“ मैले पाएको जिम्मेवारीलाई इमान्दारीको साथ पुरा गरिहेकी छु । लेखर्कसँगै जिल्लाको विकासको लागि आफ्नो तहबाट पहल कदमी गरिरहेकी छु ।” गाउँपालिकाले खेल क्षेत्रको विसकाको लागि काम गरिरहेको उपाध्यक्ष रमादेवी राईले बताइन् । गाउँपालिको आवश्यक बजेट विनियोजन गरेर वडास्तरमा विभिन्न प्रतियोगिताहरु भईरहेको उपाध्यक्ष राईको भनाइ छ ।“खेलको विकास लागि गाउँपालिकाले विभिन्न खालका गतिविधिहर भईरहेको अवस्था छ ” उपाध्यक्ष राईले भनिन् “ हामीले पालिका स्तरिय प्रतियोगिता सञ्चालन लक्ष्यका साथ केहि बजेट विनियोजन गरेका छौँ । वडास्तरमा पनि बजेट पठाउदै आएका छौँ ।”

गाउँपालिकाले खेल क्षेत्रको योजनाबद्ध विकासमा ध्यान दिएको गाउँपालिका अध्यक्ष सरोज बस्नेतले बताए । गाउँपालिकाको श्रोत, साधनको आधारमा खेल क्षेत्रमा लगानी गरिरहेको अध्यक्ष बस्नेतको भनाइ छ ।

वडाको आर्थिक व्यावस्थापनमा प्रतियोगिता सञ्चालन गरिएको वडाध्यक्ष नभराज माङ्गपाहाङ्गले जानकारी दिए । खेलले स्वास्थ्य र मनोरञ्जन दुवै क्षेत्रलाई समेट्ने भएकाले राज्यले खेल क्षेत्रको विकासमा ध्यान दिनु पर्ने उनको भनाइ छ । कात्तिक २१ गतेबाट शुरु भएको प्रतियोथिता कात्तिक २७ गते सम्पन्न भएको हो ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार