संविधान दिवसको अवसरमा साल्पासिलिछोमा बृहत सरसफाई


भोजपुर, ३ असोज । संविधान दिवस २०८० को अवसर साल्पासिलिछो गाउँपालिकामा सञ्चालन गरिएको बृहत सरसफाई अभियान सञ्चालन गरिएको छ । यो अभियान अन्तर्गत श्रमदानमार्फत सडकहरुको मर्मत, सरसफाई तथा सडक आसपासको झाडी हटाइएको छ । दिवसलाई लक्षित गरेर असोज २ गतेबाट ४ गतेसम्म सञ्चालन हुने अभियानमा गाउँपालिका अध्यक्ष दौलथ कुलुङसहित वडाध्यक्षहरु, सदस्यहरु, कर्मचारी, सुरक्षा निकाय, स्थानीय लगायतको सहभागिता रहेको गाउँपालिकाले जनाएको छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार