भोजपुरमा लागुऔषध नियन्त्रण सम्वन्धी सचेतना मुलक कार्यक्रम


भोजपुर ११ असार । भोजपुरमा लागुऔषध नियन्त्रण सम्वन्धी सचेतनामुलक कार्यक्रम गरिएको छ । लागुऔषध दुरुपयोग तथा अवैध ओसारपसार विरुद्धको दिवसका अवसरमा प्रभातफेरी तथा सचेतनात्मक कार्यक्रम गरिएको हो । कार्यक्रममा दुर्व्यसनी तुल्याउने वस्तु तथा पदार्थहरू लागुऔषध भएकाले कानुनले निषेधित गरेको यस्ता बस्तुको प्रयोग गर्न नहुनेमा सहभागिले जोड दिइएका छन् ।

दुर्व्यसनको अवस्था, तथ्याङ्क, कानुनी व्यवस्था लगायतका विषयमा जानकारी दिदै लागुऔषध नियन्त्रमा सवै एक जुटभएर लाग्न आवाश्यक रहेको जिल्ला प्रहरी कार्यालय भोजपुरका प्रमुख डिएसपी शरत कुमार थापा क्षेत्री बताए । पछिल्लो समय किशोरावस्थामा घरपरिवारको संरक्षण तथा निगरानी हुन नसकेका कारण युवाहरू दुर्व्यसनीको शिकार भइरहेको प्रमुख जिल्ला अधिकारी हरिप्रसाद घिमिरेले बताए ।

कार्यक्रममा उद्योग वाणिज्य संघ,विद्यार्थी, सुरक्षाकर्मी, कर्मचारी, स्थानीय, गैर सरकारी संघ संस्थाका प्रतिनिधि, स्थानीयसहित को सहभागितामा विभिन्न नारा सहितको प्लेकार्ड र जिइगल सहितको भोजपुर लोकतान्त्रीक गेट देखि देउराली सम्म प्रभातफेरी समेत गरिएको थियो ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार