भोजपुरमा नवौं अन्तराष्ट्रिय योग दिवस विविध कार्यक्रम गरी मनाइयो


भोजपुर, ६ असार । जुन २१ तारिख अर्थात आज भोजपुरसँगै देशभर नवौं अन्तराष्ट्रिय योग दिवस विविध कार्यक्रम गरी मनाइएको छ । जिल्ला आयुर्वेदन स्वास्थ्य केन्द्र भोजपुरको आयोजनामा टुडीखेलमा कार्यक्रम गरिएको हो । दिवसको अवसरमा योगका फाइदासँगै योग गर्ने विषयमा जानकारीसमेत दिइएको छ । कार्यक्रममा जीवन विज्ञान प्रशिक्षक देवनाथ सिंहले जीवन अमृत ध्यान विधिको बारेमा योग अभ्यास गराएका थिए ।


यो विधि अन्तर्गत सात ओेटा चक्र हुने भएकाले यो योगा अभ्यासले मानव स्वास्थ्यमा प्रत्यक्ष लाभ पुग्ने उनको भनाइ छ । यो अभ्यासले चिन्ता कम हुने, डर त्रास घटाउने, उमंग बढाउने, फोक्सो रोगलाई कम गर्ने मष्तिष्कलाई स्फूर्ति बनाउने प्रशिक्षक सिंहले जानकारी दिए । यो विधिमा हुने मुलाधार चक्र, स्वादिष्ठान चक्र मनिपुर चक्र, अनहाद चक्र(हृदय) विषुधी चक्र, अज्ञा चक्र, सहसराध चक्रमा गरिने योगले मावन स्वास्थ्यमा प्रत्यक्ष लाभ पुग्ने सिंहले बताए ।‘ मानव स्वास्थ्यमा योग अभ्यासको धेरै महत्व छ’ उनले भने,‘ विधिवत रुपमा जीवन अमृत ध्यान गर्न सके मानिसलाई धेरै प्रकारको रोगबाट बचाउन सकिन्छ । यो मानव स्वास्थ्यको लागि अति नै उपयोगि छ ।’

कार्यक्रम ब्रह्मकुमारी राजयोग उपसेवा केन्द्र भोजपुर, जिल्ला पतनजली योग समिति, प्रेमबाद जीवन विज्ञान लगायतको सहभागितामा गरिएको हो । कार्यक्रमलाई सम्वोधन गर्दै जिल्ला समन्वय समिति भोजपुरका प्रमुख तथा कार्यक्रमका प्रमुख अथिति कमल थुलुङले योग मावन जिवनको लागि आवश्यक रहेको धाराणा राखे । विना कुनै खर्च योग गरेर आफ्नो शरिरलाई स्वास्थ्य राख्न सकिने बताए ।

कार्यक्रम बोल्दै प्रमुख जिल्ला अधिकारी हरिप्रसाद घिमिरले योगले मानिसहरुको धेरै रोगहरुलाई निकै पार्नमा सहयोग पुग्ने भएको सवैले योग गर्न आवश्यक रहेको बताए । योगको नियमित अभ्यासबाट स्वास्थ्य राम्रो, कार्यक्षमतामा वृद्धि, चिन्तामुक्त, मानसिक शान्ति, रोग प्रतिरोधी क्षमतामा बढोत्तरी, शरीर, मन र आत्माबीचको समन्वय, सकारात्मक सोचको विकास, अनावश्यक विचारबाट मुक्ति, ऊर्जा प्राप्ति, आत्म ज्ञान प्राप्तिलगायत सकारात्मक गुणको विकास हुने जिल्ला आयुर्वेद स्वास्थ्य केन्द्रका प्रमुख मनोज पण्डितले जानकारी दिए । मानवताको लागि योग भन्ने नाराका साथ मनाइएको दिवसमा १५० जना बढीको सहभागिता रहेको केन्द्रले जनाएको छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार