बाढीले सवाखोला लोहाकोट विजुवापानी आयोजना बगायो


भोजपुर, ४ असार । बाढीको कारण सवाखोला लोहाकोट विजुवापानी सामुदायिक लिफ्ट आयोजना क्षति पुगेको छ । खानेपानी तथा सरसफाई डिभिजन कार्यालय भोजपुर अन्तर्गत कुल अनुमानित रु ११ करोड ११ लाख ८ हजार ९२७ रुपैयाँ लागतमा निर्माण भईरहेको यो आयोजनामा सवा खोलामा आएको बढीको कारण क्षति पुगेको हो ।

बाढीले पानी तान्ने ठाउँ सवा खोला किनारमा रहेको ट्याङ्की बगाएको छ भने, त्यहा निर्माण भएको घरमा पुरिएको छ । यो आयोजना सञ्चालन आएर यहाँका स्थानीयले पानी उपभोग गर्दै आएका थिए । संखुवासभाको चयनपुर नगरपालिका ११ मा सञ्चालन भईरहेको यो आयोजनाबाट ३८६ घर परिवार मध्ये १०० परिवारले पानी उपभोग गर्न थालेका थिए ।

सवा खोलामा आएको बढीले आयोजनालाई क्षति पु¥याएको खानेपानी तथा सरसफाई डिभिजन कार्यालय भोजपुरका प्रमुख देवनाथ शिंहले जानकारी दिए । निर्माणको अन्तिम चरणमा रहेको आयोजनामा क्षति पुगेपछि समस्या थपिएको उनको भनाइ छ ।‘‘सवा खोलामा आएको बाढीले आयोजनाको काममा पूर्णरुपमा क्षति पुगेको छ’’प्रमुख शिंहले भने,‘‘खोला किनारमा रहेका संरचना बनाएको छ । क्षतिको पूर्ण वितरण आउन बाँकी छ । अनुमानित रुपमा डेढ करोड बढीको क्षति भएको अवस्था छ ।’’आर्थिक वर्ष २०७५÷७६ बाट यो योजनाको निर्माण थालिएको हो ।

बाढीले पानी तान्ने ठाउँमा रहेको सम्पूर्ण उपकरण तथा संरचनामा क्षति पु¥याएको निर्माण उपभोक्ता समितिका अध्यक्ष उद्धवराज त्रितालले जानकारी दिए । यहाँका सम्पूर्ण संरचना पुरिदा स्थानीयबासीको उपभोग गर्नबाट बन्चित भएको उनकोे भनाइ छ । ‘‘बढीले खानेपानी अवरोध भएको छ’’ उनले भने ,‘‘खोला किनार रहेको कुनै पनि संरचना बाँकी छैनन् । सवै पुरिएको अवस्था छ । बाढीको कारण करोडौँको क्षति भएको अवस्था छ ।’’

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार