भोजपुरको निशान भगवती मन्दिरको उद्घाटन


भोजपुर ६ फागुन । भोजपुरको निशान भगवती मन्दिरको उद्घाटन भएको छ । जीर्ण बनेको  निशान भगवती मन्दिरको पुनः निर्माण सम्पन्न भए पछि उद्घाटन गरिएको हो । पुनः निर्माण गरिएको मन्दिरको नेपाली सेनाका सहायक रथी महेश कुमार थापाले उद्घाटन गरेका हुन । नेपाल एकिकरणको समयमा पृथ्वी नारायण शाहले १८२६ तिर स्थापना गरेको यो मन्दिरको नेपाली सेनाको पहलमा पुनः निर्माण गरिएको हो ।

जीर्ण बनेको भोजपुरको इतिहास बोकेको निशान भगवती मन्दिरको पुनः निर्माण गर्ने काम सम्पन्न भएको छ । पृथ्वी नारायण शाहले नेपाल एकिकरणको बेलामा स्थापना गरेको यो मन्दिर नेपालीको सेनाको फष्ट रैफल गण भोजपुरको पहलमा पुनः निर्माण गरिएको हो । इतिहास बोकेको मन्दिरको संरक्षण भएसँगै स्थानीयबासी उत्साहित भएका छन् । मन्दिरको पुनः स्थापनाले भोजपुरको इतिहासलाई जोगाउन सहयोग पुग्ने स्थानीयको भनाइ छ ।

मन्दिरको २१ लाख २६ हजार ४५४ रुपैँया लागतमा पुनः निर्माण सम्पन्न भएको सेनाले जनाएको छ । नेपाली सेनाबाट १५ लाख, स्थानीय तहसँगै विभिन्न संघ संस्थ तथा मन्दिर व्यवस्थापन समिति ५ लाख ४५  हजार र बाँकी गणको आन्तरिक श्रोतबाट खर्च गरिएको हो । सेना दिवसको अवसरमा मन्दिरको उद्घाटन गर्दै नेपाली सेनाका सहायक रथी महेश कुमार थापाले सेनाले पौराणिक महत्व र इतिहास बोकेका ठाउँहरुको संरक्षण गर्दै लैजाने नीति अनुसार मन्दिरको संरक्षण गरिएको नेपाली सेनाका सहयक रथी महेश कुमार थापाले बताए ।

भोजपुर नगरपालिकाका मेयर कैलाश कुमार आलेले मन्दिरको निर्माणमा नेपाली सेनाले खेलेको भूमिका उल्लेख्य रहेको बताउदै मन्दिरको पूर्ण स्वामित्व लिन नगरपालिका तयार रहेको बताए । इतिहास बोकेका ठाउँको संरक्षणमा ध्यान दिनु पर्ने मेयर आलेको भनाइ छ ।

गरुण दल गुल्म रहँदासम्म यहाँ भव्य रुपमा पुजा आजा हुने गरेपनि गुल्म स्थानान्तरण भएपछि पराम्परा लोप हुदै आएको स्थानीय जानकारको भनाइ छ । मन्दिरमा चाँडै निशान भगवती स्थापना गरिने भएपछि स्थानीय थप उत्साहित भएका छन् ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार