महिलाको पैसा लुटेर भाग्दै गरेका लुटेरा पक्राउ


मोरङ, २९ पौष । मोरङ प्रहरीले विराटनगरबाट एक महिलाको साथबाट पैसा लुटी फरार भएका दुई युवकलाई भाग्दा भाग्दै पक्राउ गरेको छ।
विराटनगर स्थित सिटी केवल नेटवर्क प्रा.लि. का संकलनकर्ता विराटनगर ८ अशोक चौक बस्ने ४४ वर्षीया हरिपृया नेपालले ८२ हजार रुपैया व्यागमा राखी साइकलमा कार्यालय तर्फ जादै गरेको अवस्थामा व्यागसहित लुटी फरार भएका सुनसरी बेलगछिया ८ बस्ने बर्ष २१ को देवा मण्डल र सुनसरी गढी गाउपालिका ३ बस्ने बर्ष १७ को अजय कुमार मण्डललाई प्रहरीले घटना भएको केही समय भित्रै पक्राउ गर्न सफल भएका हुन।

शुक्रबार विहान ११ः५० बजेतिर महिलाले साइकलको अगाडीको ढिकीमा राखेको ब्याग मे ३ प ७२६ नम्बरको मोटरसाइकल चढी आएका ती युवकहरुले विराटनगर २ सोमबारे हाट स्थित शिवशक्ति मार्गबाट लुटी फरार भएका थिए।

घटनाको जानकारी पाउनासाथ जिल्ला प्रहरी कार्यालय मोरङबाट खटिएको प्रहरी निरीक्षक सुवास भट्टराईसमेतको टोलीले उनीहरुलाई विराटनगर ५ स्थित जामुनगाछीबाट पक्राउ गरेका हुन् ।
उनीहरुको साथबाट ६८ हजार ८ सय २० रुपैया तथा एक थान मोवाईल फोन बरामद भएको छ।

पक्राउ परेका युवकहरु तथा लुटपाटमा प्रयोग भएको मोटरसाइकल सम्बन्धमा प्रारम्भिक अनुसन्धान गर्दा उक्त मोटरसाइकल मिति २०७४र०६र०८ गते कोशी अंचल अस्पतालबाट चोरी गरी लगेको खुल्न आएकोले दुबैलाई चोरी अन्तर्गत मुद्दा दर्ता गरी थप अनुसन्धान भई रहेको जिल्ला प्रहरी कार्यालय मोरङले जनाएको छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार