भोजपुरमा विविध कार्यक्रमका साथ मनाइयो ५८ औँ बाल दिवस


भोजपुर, २९ भदौ । नेपाल बाल संगठन जिल्ला कार्यसमिति भोजपुरले विविध कार्यक्रम गरेर ५८ औं वाल दिवस मनाएको छ । सञ्जालले सरसफाई कार्यक्रम, बालमैत्री स्थानीय शासन विषयक सम्वाद तथा अन्तर विद्यालयस्तरिय नृत्य प्रतियोगिता गराएको छ । दिवसको अवसरमा संगठनको पहलमा स्मृति पार्कको सरसफाइसमेत गरिएको छ । सरसफाइ कार्यक्रममा, जिल्ला समन्वय समिति प्रमुख कमल थुलङ, भोजपुर नगरपालिका मेयर कैलाश कुमार आले, वाल संगठन अध्यक्ष सिर्जना राई, सुरक्षाकर्मी लगाएतको सहभागिता रहेको थियो ।

दिवसको अवसरमा आयोजना गरिएको नृत्य प्रतियोगितामा भोजपुर बहिरा आवशिय विद्यालय प्रथम, शिद्धेश्वर माध्यमिक विद्यालय द्धितिय , भोजपुर एकाडेमी तृतिय र यशोधरा माध्यमिक विद्यालय चौथो बनेको छ ।

प्रतियोगितामा १२ ओटा विद्यालयको सहभागिता रहेको थियो । प्रथम, द्धितिय , तृतिय र चौथो हुने विद्यालयले प्रमाण पत्रसहित क्रमश रु. १५ हजार , १० हजार, ५ हजार र ३ हजार पाएका छन् । कार्यक्रमको लागि भोजपुर नगरपालिका , षडानन्द नगरपालिका, पौवादुङमा गाउँपालिका, हतुवागढी साल्पासिलिछो गाउँपालिका र टेम्केमैयुङ गाउँपालिकाले आर्थिक सहयोग गरेका छन् । “बालमैत्री समाजको आधारः जिम्मेवार परिवार, उत्तरदायी सरकार“ नाराका साथका साथ दिवस मनाइएको हो ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार