नेपाल उत्पीडित मुक्ति समाज भोजपुरको अध्यक्षमा चित्रलाल


भोजपुर, २० भदौ । नेपाल उत्पीडित मुक्ति समाज भोजपुरको अध्यक्षमा चित्रलाल वि.क. निर्वाचित भएका छन् । समाजको आइतबार सम्पन्न सातौँ जिल्ला सम्मलेनबाट अध्यक्षमा वि.क। पुनः दोश्रो कार्यकालको लागि अध्यक्षमा निर्वाचित भएका हुन् । सम्मलेलनले उपाध्यक्षमा रामचन्द्र सुन्दास र सुनिल गजमेर, सचिवमा मोहन वि.क., उपसचिवमा दिपेन दर्नाल र गिता विसुन्के, कोषाध्यक्षमा जुनु हिङमाङ रहने गरी ३५ सदस्यीय कमिटि गठन गरेको हो । कार्यक्रम एमाले नेता तथा पूर्व मुख्यमन्त्री शेरधन राईको प्रमुख आतिथ्यतामा सम्पन्न भएको हो ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार