कृषि ज्ञान केन्द्र सहित भोजपुरका तीन कार्यालयको बार्षिक कार्यक्रम सार्वजनिक


भोजपुर, २० भदौ । भोजपुरका तीन सरकारी कार्यालयहरुले बार्षिक स्वीकृत कार्यक्रम सार्वजनिक गरेका छन् । कार्यालयहरुले आर्थिक बर्ष २०७९/०८० मा सञ्चानल हुने स्वीकृत योजना तथा कार्यक्रमहरु सार्वजनिक गरेको हुन् । आईतवार एक कार्यक्रमका बीच कृषि ज्ञान केन्द्र भोजपुर, भेटेरिनरी अस्पताल तथा पशु सेवा विज्ञ केन्द्र संखुवासभा सम्पर्क कार्यालय भोजपुर र प्रधानमन्त्री कृषि आधुनिकिकरण परियोजना सम्पर्क इकाई भोजपुरले संयुक्तरुपमा यस आर्थिक बर्षमा सञ्चानल हुने स्वीकृत योजना तथा कार्यक्रमहरुको सार्वजनिक गरेका हुन् ।

विगतका बर्षहरुमा जस्तै यस बर्ष पनि कृषक लक्षित पकेट, ब्लग, सुन्तला बगैंचा व्यवस्थापन युवालक्षित, नमुना फर्म स्थापना लगाएतका कार्यक्रम सञ्चालन हुने कृषि ज्ञान केन्द्र भोजपुरका निमित्त प्रमुख जिवन ठाडामगरले जानकारी दिए । कार्यक्रमलाई कसरी अझ प्रभावकारी बनाउन सकिन्छ भन्ने उदेश्यले जिल्ला स्थित सरोकारवाला पक्षहरुसंग छलफलसमेत गरिएको छ। भेटेरिनरी अस्पताल तथा पशु सेवा विज्ञ केन्द्र सम्पर्क कार्यालय भोजपुरबाट द्धण्ड पिडित पशुपन्छीपालन विकास कार्यक्रम, युवा लक्षित पशु विकास कार्यक्रम, वोयर बोका वितरण, पशु स्वास्थ्य शिविर लगायतका कार्यक्रमहरु रहेको कार्यलय प्रमुख हिमालयन पोखरेलले बताए ।

त्यस्तै गरी प्रधानमन्त्री कृषि आधुनिकीकरण परियोजना कार्यान्वयन इकाईका तर्फबाट लक्ष्य चौधरीले परियोजना कार्यान्वयन इकाईका बार्षिक स्वीकृत कार्यक्रम प्रस्तुत गरेका थिए । परियोजना अन्तर्गत जिल्लामा सञ्चालित अलैँची सुन्तला लगाएतको पकेट, ब्लग विकास कार्यक्रमको विषयमा जानकारी दिईएको थियो ।

सरकारले कृषक लक्षित अनुदानका कार्यक्रमहरु सञ्चालन गरेपनि बास्तविक कृषकसँग पुग्न नसकेको सरोकारवाला पक्षले प्रतिक्रया दिएका छन् । यस्ता कार्यक्रमहरु सञ्चालन गर्दा बाणिज्य संघ तथा स्थानीय तहहरुसँग छलफल गरेर सञ्चालन गर्दा अझ प्रभावकारी हुने उद्योग बाणिज्य संघ भोजपुरका अध्यक्ष कर्ण मोक्तानले धाराण राखे ।  गाउँपालिकाबाट पनि कृषि क्षेत्रमा नमूनायोग्य कामहरु सञ्चालन भई रहेकाले यस्ता कार्यक्रमहरु स्थानीय तहहरुसँगको समन्वयमा सञ्चालन गर्दा अझ प्रभावकारी हुने पौवादुङमा गाउँपालिका अध्यक्ष किरण राईले बताए ।

केन्द्र, प्रदेश तथा स्थानीय सरकारले जसले सञ्चालन गरेको कार्यक्रम भएपनि सवैले समन्वय गरेर सञ्चालन गर्दा प्रभावकारी हुुने षडानन्द नगरपालिकाका मेयर सुुरेन्द्र कुमार उदासलेको भनाइ थियो । यस्ता अुनदानका कार्यक्रमहरुमा सवैले समान रुपमा पाउने खालको व्यवस्था हुनु पर्ने साल्पासिलिछो गाउँपालिका अध्यक्ष दौलथ कुलुङले बताए ।

अनुदानका कार्यक्रमहरुमा दोहरोपन हुनबाट रोक्न सवैले प्रभावकारी भूमिका खल्नु पर्ने जिल्ला समन्वय समिति प्रमुख कमल थुलुङले बताए । कार्यक्रममा स्थानीय तहका प्रमुख,उपप्रमुख, प्रमुख जिल्ला अधिकारी, प्रमुख प्रसाशकिय अधिकृत, लगाएत विभिन्न कार्यालयका प्रमुख तथा प्रतिनिधिहरुको उपस्थिती रहेको थियो ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार