इन्द्रवती राईले दिइन् निर्वाचनमा सहयोग गर्ने सबैलाई धन्यवाद


भोजपुर, ५ बैशाख । नेपाल कम्युनिष्ट पार्टी (एकिकृत समाजवादी)बाट टेम्केमैयुङ गाउँपालिका उपाध्यक्ष उम्मेदवार इन्द्रवती राईले निर्वाचनमा सहयोग गर्ने सबैलाई धन्यवाद दिएकी छिन् । आफुलाई विजयी बनाउने लक्ष्यका साथ निर्वाचनमा खट्ने नेता, कार्यकर्ता, टेम्केमैयुङबासी नागरिकलाई धन्यवाद ज्ञापन गरेकी हुन् । राईले आफुले थोरै मतान्तरले पराजित भएपनि जनताको पक्षमा सधै लागिरहने विज्ञप्तीमा उल्लेख गरेकी छिन् । गठबन्धन देशको आवश्यकता रहेकोले त्यहि अनुसार निर्वाचनमा गएको विज्ञप्तीमा उल्लेख छ । जनताले अत्याधिक उत्साहका साथ मतदान गरेको भएपनि चुनाव चिन्ह कलम मतपत्रको छैटौँ स्थानमा रहेको तथा जनतामा मतदाता शिक्षाको अभावको जनताले दिएको केहि अमुल्य मत बदर भएकोले पनि आफूले पराजय भोग्नु परेको उल्लेख गरिएको छ ।

जनतालाई दिएको धन्यवाद विज्ञप्तीमा भनिएको छ : निर्वाचनको मतपरिणामको आधारमा त मेरो पराजय प्राविधिक समस्याको कारण भयो तर आम जनताले विस्वास गरी कलम चिन्हमा मतदान गरिरहदा झिनो मतान्तरले मेरो पराजय भयो तथापी ठुलो संख्यामा यहाहरुले दिनु भएको अमुल्य मत बदर हुन पुग्यो । यसमा प्राविधिक हिसाबले कलम चिन्ह मतपत्रको छैटौँ स्थानमा पुर्न र चुनावमा सामेल भएको पार्टी मध्य नयाँ पार्टी भएको कारणले पनि चिन्ह पहिचानमा समस्या भएको मैले बुझेको छु । तर पनि समग्र मतपरिणामलाई हेर्दा यहाँहरुले विस्वास गरेर उत्साहित मानसिकताका साथ दिनुभएको मतले मलाई जितेको महशुस भएको छ । यसमा यहाहरु प्रति गर्व गर्न चाहन्छु ।

साथै उनले विजेता बन्ने सबैलाई सफल कार्यकालको शुभकाममासहित जतहितमा काम गर्नसमेत अनुरोध गरेकी छिन् । राई गत बैशाख ३०मा भएको स्थानीय तह निर्वाचनमा उपाध्यक्षमा एमालेकी रमादेवी राईसँग ९० मतले पराजित भएकी थिइन् । यहाँ उपाध्यक्ष रमादेवी राईले तीन हजार ३८८ मत ल्याइन्, भने उनले तीन हजार २९८ मत ल्याएकी थिइन् ।

हेर्नुस् धन्यवाद विज्ञप्ती

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार