गठबन्धनलाई भारी मतान्तरले हराउँदै षडानन्दमा एमाले विजयी


भोजपुर, ४ जेष्ठ । भोजपुरको षडानन्द नगरपालिकामा सत्तारुढ गठबन्धनलाई भारी मतान्तरले हराउँदै एमालेले मेयर पद जितेको छ । एमालेका सुरेन्द्र उदासले गठबन्धनका कांग्रेस उम्मेदवार वीरबल राईलाई भारी मतान्तरले हराउँदै विजयी भएका हुन् । उदासले ६७ सय ७२ मत ल्याए । राईले ५७ सय ५७ मत प्राप्त गरे ।

उपमेयरमा भने सत्तारुढ गठबन्धनकी माओवादी उम्मेदवार प्रमिला राई विजयी भईन । राईले ७२ सय ५७ मत ल्याएर विजयी भएकी हुन् । उनकी निकटतम् प्रतिद्धन्द्धी एमालेकी मेरीका राईले ४३ सय ५८ मत प्राप्त गरिन् ।

नगरपालिकाका १४ वडा मध्ये एमालेले ६ वटा वडा जितेको छ । कांग्रेसले ६ वटा वडा जितेको छ । माओवादी र एकिकृत समाजवादीले एक एक वडा जितेका छन् ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार