भोजपुरको याङपाङमा माओवादी केन्द्रका वडाकमिटी अध्यक्षसहित १३ जना एमालेमा प्रवेश


भोजपुर,२५ बैशाख ।
भोजपुरको अरुण गाउँपालिकामा माओवादी केन्द्र परित्याग गरी १३ जना एमालेमा प्रवेश गरेका छन् । अरुण गाउँपालिका–१ याम्पाङका वडा कमिटी अध्यक्ष रामकुमार तामाङसहित १३ एमालेमा प्रवेश गरेका हुन् । उनीसँगै पदम बहादुर तामाङ, धन कुमार तामाङ, प्रदिप योगी, विष्णु योगी, मदन बहादुर योगी, शरोज तामाङ, अनिल तामाङ, राजु बस्नेत र चित्र बहादुर विकले पनि माओवादी त्यागेका छन् ।
त्यस्तै काङ्ग्रेस परित्याग गरी गुणराज खड्का एमालेमा प्रवेश गरेको एमाले भोजपुरका जिल्ला कमिटी उपाध्यक्ष मक्कर खड्काले जानकारी दिए ।

त्यस्तै पौवादुङमा गाउँपालिका १ श्यामिशलामा नेकपा (एकिकृत समाजवादी)का युवा संघ जिल्ला कमिटी सदस्य विरेन्द्र छाङ्छा राई एमालेमा प्रवेश गरेका छन् । राईलाई एमालेका जिल्ला पार्टी सचिव तथा पौवादुङमा गाउँपालिकाका अध्यक्षका उम्मेवार किरण राईले पार्टीमा स्वागत गरेका हुन् ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार