भुक्तानीको सिफारिस पत्रमा उपाध्यक्षकै हस्ताक्षर


भोजपुर । चुनावी सभामा तात्कालिन टेम्केमैयुङ गाउँपालिका उपाध्यक्ष ईन्द्रावती राईले मूर्ती खरिदको विषयमा भ्रमपूर्ण अभिव्यक्ती दिएको खुलासा भएको छ । उपाध्यक्ष राईले मूर्ती खरिदमा अनिमियता भएको विषयमा गलत अभिव्यक्ती दिएको टेम्केमैयुङ गाउँपालिकाले जनाएको छ ।
कार्यालयको लेखा शाखाले ईन्द्रवती राईको सिफारिसमा सुम्निमा, पारुहाङ र एलम्बरको तीनवटा मूर्तीको भ्याट तथा अन्यकर कटाएर ३२ लाख भुक्तानी दिएको छ । प्राविधिक, ढुवानी, अध्ययन अन्वेषण लगायत खर्चसमेत यहि रकममा समेटिएको कार्यालयको भनाइ छ । केन्द्र सरकारको पर्यटन विकास पूर्वाधार कार्यक्रम मार्फत आएको ५० लाख बजेटमध्ये बील बराबरको रकम भुक्तानी भएको बाँकी रकम फिर्ता गएको कार्यालयले जनाएको छ ।
यस सम्बन्धि खवरसंसारलाई उपलब्ध भएको पत्र अनुसार तत्कालिन उपाध्यक्ष इन्द्रावती राईले मिति २०७७ असार ३० गते भुक्तानीको लागि सिफारिस पत्रमा हस्ताक्षर समेत गरेको देखिन्छ । जुन कुराले यो प्रकरणमा स्वयमः इन्द्रावतीकै संलग्नता रहेको प्रष्ट भएको छ ।
चुनावी माहोल बनाउन राईले मूर्ती खरिदलाई गलत प्रचार गरेको टेम्केमैयुङ गाउँपालिकाका तत्कालिन अध्यक्ष ध्रुवराज राईले बताए । उनले कार्यालय तथा यहाँका जनप्रतिनिधिको व्यक्तिगत स्वाभिमान आँच आउने अभिव्यक्ति दिएकाले उनले प्रमाणित गरेर देखानु पर्ने बताए ।
राईले भने,‘ हाम्रो तत्कालिन उपाध्यक्षले गलत प्रचार गरेको प्रति मेरो गम्भिर ध्यानाकर्षण भएको छ । उहाँले नै सम्पूर्ण बील भरपाई तथा अनुगमन गरेर भुक्तानी दिनको लागि सिफारिस गरेपछि मात्र भुक्तानी हुन्छ । उहाँ माथि नै प्रश्न उठेको छ । उहाँले नै कुरा उठाएपछि अब छानविन हुन आवश्यक छ ।यो कुराले उहाँ माथी शंका उब्जिएको छ । जनताले यो बुझ्न आवश्यक छ । कागले आफ्नो नाम आफै काडेको प्रस्ट देखिएको छ ।’

इन्द्रवती राईले चुनावी सभामा बोलेको भएपनि अनिमियता भएको विषयमा आफुसँग कुनै प्रमाण नरहेको बताएकी छिन् । राईले भनिन्,‘ म आफैले सिफारिस गरेको हुनाले मैले धेरै बोल्न मिल्दैन । भुक्तानीको लागि मैले नै हस्ताक्षर गरेकी छु । जनताले बोल्न बाध्य बनाएपछि मैले बोलेकी हुँ । यसको विषयमा मसँग कुनै प्रमाण छैन ।’


उपाध्यक्षकी उम्मेदवार रहेकी राईले एक चुनावी सभामा मूर्तीमा अनिमियतता भएको बताएकी थिइन् । उनले चुनावी सभामा बोल्दा आफूले सात लाख खाए भने अरुले कति खाए भन्ने अभिव्यक्ति दिएकी थिइन् । अहिले उनको यो भनाईको चौतर्फी विरोध भईरहेको छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार