भोजपुरमा नेकपा एकीकृत समाजवादी जिल्ला उपाध्यक्ष सहित १०५ जना एमालेमा प्रवेश


भोजपुर १५ बैशाख । एकीकृत समाजवादीका जिल्ला उपाध्यक्ष सहित १०५ जना नेकपा एमालेमा प्रवेश गरेका छन् । आज एक कार्यक्रमका वीच नेकपा एकीकृत समाजवादी जिल्ला कमिटी भोजपुरका उपाध्यक्ष चक्र तामाङ, प्रदेश नं १ अखिलका वरिष्ठ उपाध्यक्ष तथा जिल्ला कमिटि सचिवालय सदस्य प्रताप तामाङ, सचिवालय सदस्य तथा कार्यालय सचिव कृष्ण बस्नेत,सहित १०५ जनालाई एमालेमा प्रवेश गरेको नेकपा एमाले भोजपुरका उपाध्यक्ष मकर खड्काले बताए । नव प्रवेशीहरुलाई पूर्व मुख्यमन्त्री तथा नेकपा एमाले इथाई कमिटी सदस्य शेरधन राईले स्वागत गरेका छन् ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार