भोजपुरमा निर्वाचन आचारसंहिता सम्वन्धि अन्तरक्रिया


भोजपुर २८ चैत । भोजपुर निर्वाचन आचारसंहिता सम्वन्धी अन्तरक्रिया सम्पन्न भएको छ । बैशाख ३० मा हुन लागेको स्थानीय तहको निर्वाचनको लागि जिल्ला स्थित सरोकारवाला निकायसंग छलफल गरिएको हो । निर्वाचनलाई स्वतन्त्र, निष्पक्ष, पारदर्शी, मितव्ययी र मर्यादित बनाउने उद्धेश्यले जिल्लाका राजनिति दल, सञ्चारकर्मी, नागरिक समाज, लगाएत सरोकारवालासंग छलफल गरिएको जिल्ला निर्वाचन कार्यालय भोजपुरले जनाएको छ ।

आईतबार आयोजित कार्यक्रम मार्फत निर्वाचनमा सहभागी हुने राजनितिक दलहरुले पालना गर्नु पर्ने आचारसंहितको विषयमा जानकारी दिएको जिल्ला निर्वाचन कार्यालय भोजपुरका प्रमुख टोपलाल भुसालले बताए । निर्वाचन आचारसंहिता लागु भए पश्चात प्रचार प्रसारको क्रममा कुनै पनि राजनितिक दलले पार्टीको चिन्न अंकित मास्क, टि सर्ट, ज्याकेट प्रयोग गर्न नपाउने जनाईएको छ । बाईक ¥याली गर्न नपाउने तथा कुनै पनि राजनितिक भेला गर्नु परेमा स्थानीय प्रशासनलाई ७२ घटा अगाडीनै जानकारी गराउनु पर्ने लगाएतको विषयमा जानकारी दिएको हो ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार