भोजपुरमा प्राकृतिक द्धन्द व्यवस्थापन सम्वन्धी कार्यक्रम सम्पन्न


भोजपुर, २६ पौष ।

भोजपुरमा प्राकृतिक क्षेत्रमा भएका द्धन्दलाई व्यवस्थापन गर्न पुर्ण रुपमा सहयोग गर्ने स्थानिय तहका जन प्रतिनिधीहरुले प्रर्तिबद्धता व्यक्त गरेका छन् ।

प्राकृतिक स्रोत द्धन्द रुपान्तरण केन्द्र नेपालको आयोजनामा स्थानिय तहका जन प्रतिनिधीसंग गरिएको कार्यक्रममा उनिहरुले यस्तो वताएका हुन् ।
कार्यक्रममा बोल्दै जिल्ला समन्वय समितिका प्रमुख लक्ष्मण खड्काले प्राकृतिक क्षेत्रमा आउने द्धन्द रुपान्तरणमा सकृय रुपमा लाग्न समेत स्थानिय तहका जन प्रतिनिधीलाई आग्रह गरेका छन् ।

कार्यक्रममा भोजपुर जिल्लामा रहेका प्राकृतिक द्धन्दको अवस्था र त्यसको व्यवस्थापनको विषयमा छलफल भएको जिल्ला वन महासंघ भोजपुरका अध्यक्ष राजन राईले जानकारी दिए ।


जिल्लामा घटेका नौ ओटा घटनाहरु मध्य पाँच ओटालाई व्यवस्थापन गरिसकिएको र बाँकी ४ ओटा घटना भने रुपान्तरणको प्रक्रियामा रहेको राईले वताए ।
कार्यक्रमको सहजिकरण प्राकृतिक स्रोत द्धन्द रुपान्तरण केन्द्र नेपालका कार्यकारी निर्देशक चुप बहादुर थापा र जिल्ला वन महासंघ भोजपुरका कोषाध्यक्ष सूर्य राईले गरेका थिए । कार्यक्रममा स्थानिय तहका प्रमुख , उपप्रमुख , पत्रकार लगाएतको उपस्थिति रहेको थियो ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार