उदयपुरमा आगलागीबाट ४ घर जलेर नष्ट


उदयपुर,२५ पौष ।

उदयपुरको कटारी नगरपालिका ८ स्थित सिरिसेमा मंगलबार दिउँसो आगलागीबाट ४ घर जलेर नष्ट भएको छ।

दिउँसो साढे १ बजे कटारी नगरपालिका ८ सिरिसे (वेल्टार बस्ने तिलमाया रानामगर घरमा खाजा बनाउने क्रममा आचानक आगलागी भएको थियो।

आगलागीबाट तिलमाया सहित छोराहरु बुद्धीबल रानामगर, उदिप बहादुर रानामगर, पूर्ण बहादुर रानामगरको फुसको छानो भएको १ तले घर तथा घरभित्र रहेको सम्पूर्ण सर(सामान हर(गहना जलेर नष्ट हुँदा अन्दाजी ७ लाख बराबरको क्षति भएको पिडीतहरुले बताए।

उक्त आगलागी प्रहरी र स्थानीय मानिसहरुको सहयोगमा पूर्ण रुपमा नियन्त्रणमा आएको इलाका प्रहरी कार्यालय कटारीले जनाएको छ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार