भोजपुरका नौ मध्ये सात स्थानीय तहका क्वारेन्टिन खाली


भोजपुर, ४ साउन ।
नौ वटा स्थानीय तह मध्ये सात वटा स्थानीय तहमा क्वारेन्टिनमा बस्नेको संख्या शुन्य बनेको छ । जिल्ला प्रशासन कार्यालय भोजपुरका अनुसार भोजपुर नगरपालिका र साल्पासिलिछो गाउँपालिका बाहेक अन्य स्थानीय तहमा बस्नेको संख्या शुन्य भएको हो ।

भोजपुर नगरपालिका र साल्पासिलिछो गाउँपालिकामा एक/एक जना गरी हाल जिल्ला भर क्वारेन्टिनमा दुई जना मात्र क्वारेन्टिनमा रहेका छन् । पछिल्लो समय जिल्लामा भारत तथा अन्य देशबाट आउनेको संख्या घटेसँगै क्वारेन्टिन खाली बनेका हुन् ।जिल्ला प्रशासनको तथ्याङक अनुसार अरुण गाउँपालिकामा निर्माण गरिएको होल्डिङ सेन्टरमा १९ जना छन्, भने होम क्वारेन्टाइनमा ४६ जना रहेका छन् । कोभिड –१९ को संक्रमण सुरु भएयता जिल्लाका विभिन्न स्थानमा निर्माण गरिएका क्वोन्टिनबाट ८८० जना घर फिर्ता भएका छन् ।

कोरोना संक्रमण आशंमा जिल्लाभर ५९ महिला र ४६१ पुरुष गरी ५२० जनाको स्वाब परिक्षण गरिएको छ । यस्तै जिल्ला भर एक हजार ४०८ जनाको आरडिटि परीक्षण गरिएको सहायक प्रमुख जिल्ला अधिकारी कृष्ण बहादुर बस्नेतले जानकारी दिए । ६ जनामा कोरोना पुष्टि भएकोमा उनीहरु पनिमा निको भएर घर फर्केसंगै भोजपुर जिल्ला कोरोनामुक्त घोषणा भईसकेको छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार