भोजपुरमा चट्याङ लागेर बालिकाको मृत्यु


भोजपुर, १ असार ।
भोजपुरको षडानन्द नगरपालिका ३ मा चट्याङ लागेर एक बालिकाको ज्यान गएको छ । ट्याम्केमैयुङ गाँउपालिका- १ तिम्मा सुम्लीखाका स्थानीय रामजी राउतकी अन्दाजी १० बर्षिया छोरी रितिका राउतको मृत्यु भएको ईलाका प्रहरी कार्यालय दिंलाले जानकारी दिइएको छ ।

मामली घर गएकी बालिकालाई आइतबार दिउँसो ४ बजेतिर खेतमा रोपाई भईरहेको समयमा बर्षासँगै परेको चट्याङ्ले लागेको थियो । चट्याङ् लागेर गम्भीर घाईते भएकी बालिकाको उपचारको लागी स्थानिय खार्ताम्छा उप स्वास्थ्य चौकी पु¥याए लगतै स्वास्थ्यकर्मीले मृत घोषणा गरेको ईलाका प्रहरी कार्यालयका दिंला प्रमुख तथा प्रहरी निरिक्षक भाष्कर खतिवडाले जानकारी दिए ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार