पौवादुङमा गाउँपालिकाद्धारा आरडीटी विधिबाट २५ जनाको कोरोना परिक्षण


भोजपुर, ६ वैशाख ।
पौवादुङमा गाउँपालिकामा द्रुत परिक्षण विधि (आरडीटी)बाट २५ जनाको कोरोना भाइरस (कोभिड १९) को परिक्षण भएको छ । स्थानीयसंगै
विदेश तथा विभिन्न जिल्लाबाट आएका   क्वारेन्टाइन र होम क्वारेन्टाइनमा रहेकाहरुको आरडीटी विधिबाट परिक्षण गरिएको गाउँपालिकाका स्वास्थ्य संयोजक ज्ञानु दाहालले जानकारी दिए ।
गाउँपालिका केन्द्र च्याङ्ग्रेमा गरिएको स्वास्थ्य परिक्षणमा सवैको रिपोर्ट नेगेटिभ आएको गाउँपालिका अध्यक्ष किरण राईले जानकारी दिए । भोजपुरमा हाल सम्म ३३ जना क्वारेन्टाइनमा, १०९ जना होम क्वारेन्टाइनमा रहेका छन् । त्यस्तै जिल्ला भर ३६७ क्वारेन्टाइन र १४ वटा आइसोलेसन वार्ड निर्माण भएको सहायक प्रमुख जिल्ला अधिकारी रामप्रसाद लुइटेलले जानकारी दिए ।
केहि दिन अघि गाउँपालिकाले लकडाउनका कारण समस्यामा परेका आफ्नो क्षेत्र बाहिर रहेका स्थानीयलाई राहतको लागि सम्पर्क आउन अनुरोध गरिसकेको छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार