भोजपुरमा लकडाउन उलङ्घन गर्ने ३० जनालाई कारवाही


भोजपुर ३ बैशाख । जिल्ला प्रहरी कार्यालय भोजपुरले लकडाउन उलङ्घन गर्ने ३० जनालाई नियन्त्रणमा लिएर कारवाही गरेको छ । आज सरदमुकामको विभिन्न ठाउँबाट लक डाउन उल्लघंन गर्ने १ महिला र २९ पुरुषलाई कारवाहि गरिएको जिल्ला प्रहरी कार्यालय भोजपुरका प्रहरी निरिक्षक पाण्डव कुमार राजवंसीले बताए । सदरमुकामको चारभञ्ज्याङमा १६, च्याङ्बेनी चौकमा ९ जना र जिल्ला प्रहरी कार्यालय भोजपुरको परिषरमा ५ जनालाई करीब २ घण्टा उभ्याएर सामाजिक दुरी कायम गरी प्रशिक्षण गराएको हो । लक डाउनको उल्लंघन गर्दै अत्याआवश्यक काम बाहेक घर बाहिर निस्केकाहरुलाई कोराना संक्रमणले विश्व संगै नेपालमा पारेको प्रभाव र सामाजिक दुरीका विषयमा जानकारी गराएर छाडिएको प्रहरी निरिक्षक राजवंशीले जानकारी दिए । यस्तै लकडाउनलाई प्रभावकारी कार्यान्वयन गराउनका सुरु गरिएको यस अभियानको पहिलो दिन सदरमुकामका विभिन्न चोकबाट ४३ जना र दोस्रो दिन पौवादुङमा गाउँपालिकाको विभिन्न ठाउँबाट पक्राउ परेका ३२ जनालालाई प्रहरीले प्रशिक्षण दिइएको हो । प्रशिक्षण पछि छाडिएकाहरु पुन दोस्रो पटक पनि भेटिएमा संक्रामक रोग ऐन २०२० बमोजिम ६ महिना सम्म कैद तथा जरीवाना हुने प्रहरीले जनाएको छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार