आज देखि हवाई उडान, लामो दुरीका सार्वजनिक सवारी चलाउन रोक


काठमाडौं, ९ चैत्र । सरकारले चैत ९ देखि हवाई उडान र केही समयका लागी लामो दुरीका सार्वजनिक सवारी चलाउन रोक लगाएको छ । प्रधानमन्त्री केपी शर्मा ओलीले शुक्रबार देशबासीलाई संबोधन गर्दै सामुदायिक र निजी संस्थाबाट प्रदान गरिने अत्यावश्यकबाहेक सबै सेवा बन्द गर्न आग्रह गर्नुका साथै ९ गतेदेखि लागू हुने गरी १८ गतेसम्म सबै हवाई उडान स्थगित गर्ने र अत्यावश्यक बाहेक सबै कार्यालय बन्द गरिने बताएका छन् ।

प्रधानमन्त्री ओलीले विश्वव्यापी रुपमा फैलिएको कोरोना भाइरस (कोभिड-१९) बाट सतर्क हुन सवारी सञ्चालनमा रोक लगाइएको घोषणा गरेका हुन् ९ गतेदेखि लागू हुने गरी १८ गतेसम्म सबै हवाई उडान स्थगित गर्ने र अत्यावश्यक बाहेक सबै कार्यालय बन्द गरिने प्रधानमन्त्रीले जानकारी गराए । साथै प्रधानमन्त्री ओलीले समस्ता जनताले आफ्नो सरसफाइ लगायतका कुरहरूमा ध्यान दिन समेत आग्रह गरेका छन् ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार