जब श्रीमानले नै श्रीमतीलाई बलात्कार गरे‘


सिन्धुपाल्चोक, ३ चैत्र । संगै मर्ने, बाँच्ने कसम खाएका श्रीमान श्रीमती बिच सबै कुरा आपसी समझदारीमा नै हुने गर्दछ । तर नेपाली समाजमा कहिले काँही श्रीमानले श्रीमतीसँग ‘जर्बजस्ती’ सम्बन्ध राख्ने गरेका घटनाहरु सुनिने गरेका छन् ।

 

सिन्धुपाल्चोकमा पनि सँगै बाच्ने, मर्ने कसम खाएका श्रीमान श्रीमती बिच ‘जर्बजस्ती’ को सम्बन्ध भएपछि श्रीमती न्याय माग्न प्रहरी कार्यालय सम्म आइपुगेकी छन् ।जिल्ला प्रहरी कार्यालयमा जर्बजस्ती यौन सम्र्पकका घटनाहरु धेरै आउने गरेपनि आफ्नै श्रीमानले जर्बजस्ती त्यो पनि ‘अप्राकृतिक’ यौन सम्र्पक गरेपछि हिसां सहन नसकी श्रीमानको विरुद्ध प्रहरीमा जाहेरी दर्ता भएको छ ।जिल्ला प्रहरी कार्यालयको तथ्यांक हेर्ने हो भने आफ्नै श्रीमानको विरुद्ध श्रीमतीले जर्बजस्ती करणीमा मुद्दा दर्ता गरेको यो पहिलो घटना भएको जिल्ला प्रहरी कार्यालय सिन्धुपाल्चोकका डीएसपी माधव काफ्लेले जानकारी दिए ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार