मोटरसाईकलको ठक्करबाट पैदल यात्रीको मृत्यु


मोरङ, २५ फागुन ।
मोरङको रतुवामाई नगरपालिका(८ कोईलीडाँगीमा मोटरसाईकलको ठक्करबाट पैदल यात्रीको मृत्यु भएको छ । शनिवार राती सवा ९ बजेको समयमा दक्षिणबाट उत्तर तर्फ जाँदै गरेको को १० प १२ नम्बरको मोटरसाईकलले अचानक ठक्कर दिंदा घाईते भएकी पैदल यात्री स्थानीय ५५ बर्षीया राधिका निरौलाको उपचारको लागि बिराटनगर ल्याउने क्रममा बाटोमा नै मृत्यु भएको हो । मोटरसाईकल चालक समेत घाईते भई उपचार भईरहेको छ भने मोटरसाईकल अस्थायी प्रहरी चौकी दाम्राभिट्टाले नियन्त्रणमा लिएको छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार