‘टेम्केमैयुङ मुन्दुम पर्यटकीय साँस्कृतिक महोत्सव २०७६’ सम्पन्न


भोजपुर, १४ फागुन ।
भोजपुरको अन्नपूर्णमा मंगलबारबाट शुरु भएको टेम्केमैयुङ मुन्दुम साँस्कृतिक महोत्सब – २०७६ सम्पन्न भएको छ । नेपाल भ्रमण वर्ष सन् २०२० लाई सफल पार्न गाउँपालिका क्षेत्र भित्रका पर्यटकीय क्षेत्रको प्रचार– प्रसार गर्ने उद्देश्यले महोत्सवको आयोजना गरिएको हो । १०० नयाँ पर्यटकीय गन्तव्यमा सुचिकृत रहेको भोजपुरको ‘मुन्दुम पदमार्ग’ को पर्यटन प्रबद्र्धन गर्न र स्थानीय कला, संस्कृति, साहित्य क्षेत्रलाई टेवा पु¥याउने मुख्य उद्देश्यले महोत्सव आयोजना गरिएको गाउँपालिका प्रमुख ध्रुवराज राईले जानकारी दिए ।महोत्सवबाट आन्तरिक तथा बाह्य पर्यटनको आकर्षण बढ्ने अपेक्षा रहेको अध्यक्ष राईको भनाई छ ।

महोत्सवका अवसरमा स्थानीय साँस्कृतिक कलाकृतिको प्रस्तुति, स्थानीय उत्पादनको प्रदर्शन, साहित्यीक भलाकुसारी तथा सांगितिक प्रस्तुति लगायतका कार्यक्रम भएको गाउँपालिकाका प्रवक्ता सुनिल राईले जानकारी दिए । महोत्सवमा बरिष्ठ संगितकार गणेश रसिकको एकल साँझको पनि आयोजना गरिएको थियो । महोत्सवको अबसरमा विभिन्न ब्यक्ती ब्यतित्वलाई सम्मान समेत गरिएको छ । महोत्सवको प्रदेश १ का मुख्यमन्त्री शेरधन राईले मंगलबार एक कार्यक्रमका बीच औपचारिक उद्घाटन गरेका थिए ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार