भोजपुरमा डोजरको ठक्करबाट एक गम्भिर घाईते


भोजपुर ११ फागुन ।
पुरको अरुण गाउँपालिकामा डोजरले ठक्कर दिदा एक जना गम्भिर घाइते भएका छन् । डोजरको ठक्करबाट स्थानीय मोहन मगरका १६ बर्षीय छोरा ईश्वर मगर घाईते भएको प्रहरीले जनाएकोे छ । शनिबार गाउँपालिकाको वडा नम्वर २ स्थित बगाले डाँडामा सडक खन्ने क्रममा डोजरको पछाडीको भागमा ठोकिदा घटना भएको हो । घार्ईते भएका मगरलाई उपचारको लागि विपी कोईराला स्वास्थ्य विज्ञान प्रतिस्ठान धरान लगिएको जिल्ला प्रहरी कार्यालय भोजपुरका सूचना अधिकारी पाण्डवकुमार राजवंशीले जानकारी दिए ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार