भोजपुरमा क्याम्पसमा ई–लाईवेरी उद्घाटन


भोजपुर, २७ माघ ।
भोजपुर बहुमुखी क्याम्पसमा ई–लाईवेरी उद्घाटन गरिएको छ । स्वतन्त्र विद्यार्थी युनियनको सक्रियतामा क्याम्पसमा निर्मित ई–लाईवेरीको सोमबार एक कार्यक्रमका बिच उद्घाटन गरिएको हो । विद्यार्थीहरुलाई विज्ञान र प्रवधिको युगमा प्रवेश गराउने र उच्च शिक्षाको लागि सहज होस भनेर लाइवे्ररी जडान गरिएको भोजपुर क्याम्पसका स्ववियु सभापती प्रकाश शिंह राईले बताए ।

टेम्केमैयुङ गाउँपालिकाको चार लाख र आमचोक गाउँपालिकाको तीन लाख गरी जम्मा सात लाखको लागतमा १० वटा कम्प्युटर सहितको ई–लाईवेरी जडान गरिएको छ । ई–लाईवेरीको नेकपा जिल्ला कमिटि भोजपुरका संगठन प्रमुख शरण कुमार राई र भोजपुर बहुमुखी क्याम्पसका क्याम्पस प्रमुख डा. रोहित कुमार श्रेष्ठले संयुक्त रुपमा उद्घाटन गरेका हुन् ।  त्यस्तै सोमबार नै भोजपुर क्याम्पसमा अध्ययनका लागि आएका नयाँ आगन्तुक विथार्थी स्वागत कार्यक्रम समेत सम्पन्न भएको छ ।

 

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार