जनताको समृद्धिसँग जोडिएर काम गर्न मन्त्री र राज्यमन्त्रीलाई मुख्यमन्त्रीको निर्देशन


विराटनगर । प्रदेश नं १ का मुख्यमन्त्री शेरधन राईले जनताको विकास र समृद्धिको चाहना पुरा हुने गरी काम गर्न मन्त्री र राज्यमन्त्रीहरुलाई निर्देशन दिएका छन् ।मन्त्रीसहित आज नियुक्त भएका राज्यमन्त्रीहरुलाई मुख्यमन्त्री राईले दुई दिनभित्र प्रष्टरुपले कार्यविभाजन गरेर काम गर्न निर्देशन समेत दिए । काम गर्न अलमल नगर्न निर्देशन दिदै मुख्यमन्त्री राईले कामको आधारमा जिम्मेवारी बाँडफाड र एक आपसमा छलफल गरेर राम्रो नतिजा देखाउनुपर्ने बताए । ‘काम गर्न अल्मलिनु पर्दैन, कामको आधारमा जिम्मेवारी बाँडफाड गरेर आपसमा छलफल गरेर नतिजा देखाउनुस्,’मुख्यमन्त्री राईले भने । कुनै पनि विवादास्पद निर्णय नर्गन निर्देशन दिदैं मुख्यमन्त्री राईले आत्तिने, मात्तिने र अयोग्य हुने छुट नरहेको समेत बताए ।

प्रदेशवासीको विकास र समृद्धिको चाहनालाई ध्यानमा राखेर काम गर्न पनि मुख्यमन्त्री राईले निर्देशन दिए । ुमहत्वपूर्ण जिम्मेवारी प्राप्त गरेसँगै तपाईहरुको अग्निपरीक्षा सुरु भयो । तपाईहरुले यो ऐतिहासिक कार्यभार सफलरुपमा वहन गर्नुहुनेछ,ुमुख्यमन्त्री राईले भने । आफूले भ्रष्टचारमा शुन्य सहनशिलताको नीति अख्तियार गरेको बताउँदै मुख्यमन्त्री राईले कामलाई छिटो, छरितो र पारदर्शी ढंगले अगाडि बढाउन मन्त्री र नवनियुक्त राज्यमन्त्रीहरुलाई निर्देशन दिए ।

मुख्यमन्त्री राईले नेपालको संविधानको धारा १६८ को उपधारा ९९० बमोजिम चार जनाप्रदेश १ का प्रदेश सभा सदस्यहरुलाई राज्यमन्त्रीमानियुक्त गर्न प्रदेश प्रमुख समक्ष सिफारिस गरेका थिए । जस अनुसार प्रदेश प्रमुख सोमनाथअधिकारी प्यासीले रामबहादुर मगरलाई भुमिव्यवस्था, कृषितथा सहकारी मन्त्रालय, अम्बिर बाबु गुरुङ्गलाई भौतिकपूर्वाधार विकास मन्त्रालय, जसमायागजमेर ९विश्वकर्मा० सामाजिकविकास मन्त्रालय र विजयकुमार विश्वासलाई उद्योग, पर्यटन, वनतथावातावरण मन्त्रालयको राज्यमन्त्रीमा नियुक्त गरेका छन् ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार