तनहुँमा बस दुर्घटना : १ जनाको मृत्यु, २५ घाइतेमध्ये ४ को अवस्था चिन्ताजनक


दमौली, २५ पौष । तनहुँको घिरिङ गाउँपालिका–३ मानपुर नजिक अर्चलकोटमा शुक्रबार बस दुर्घटना हुँदा एक महिलाको निधन भएको छ । दुर्घटनामा २५ यात्रु घाइते भएका छन् । घाइतेमध्ये ४ जनाको अवस्था चिन्ताजनक रहेको प्रहरीले जनाएको छ ।पाल्पाको रामपुरबाट भिमाद आउँदै गरेको ग १ ख ६१७५ नम्बरको बस दुर्घटना हुँदा घिरिङ–१ बैंडीकी २० वर्षीया मीना थापाको मृत्यु भएको इलाका प्रहरी कार्यालय भिमादका प्रहरी नायव निरीक्षक भेषराज रेग्मीले जानकारी दिए।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार