भोजपुरमा एक महिनामै ४ बलत्कृत


भोजपुर १२ पुस ।  पछिल्लो समय भोजपुरमा बलत्कारका घटना बृद्धी भएका छन् । गत मंङसिर महिनामा मात्र ४ जना बलत्कृत भएको जिल्ला प्रहरी कार्याल भोजपुरले जनाएको छ । बलत्कार हुनेमा भोजपुरका विभिन्न ठाउँका दुई महिला तथा दुई बालिका रहेका छन् । मंङसिर गते ३३ बर्षीया महिला, मंङसिर १५ गते २४ बर्षीया महिला र मङरिस २४ गते १६ बर्ष र १४ बर्षीया बालिकालाई बलत्कार गरेको प्रहरीले जनाएको छ । आरोपी ४ जनालाई प्रक्राउ गरि अनुसन्धान भई रहेको जिल्ला प्रहरी कार्यालय भोजपुरका ईन्स्पेक्टर पान्डव कुमार राजवंसीले बताए । ३३ बर्षीया महिलालाई बलत्कार गरेको आरोपमा षडानन्द नगरपालिका -७ का गोविन्द राई , २४ बर्षीया महिलालालाई वलत्कार गरेको आरोपमा हतुवागढी गाउँपालिकाका बालकुमार राई ,त्यसैगरि बालिका बलत्कार गरेको आरोपमा रामप्रसादराई गाउँपालिकाका सविन तामाङ र पौवादुङमा गाउँपालिकाका सविन मगर रहेका छन् ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार