नाबालिकालाई यौन दुर्व्यवहार गरेको आरोपमा भोजपुरमा एक पक्राउ


भोजपुर १० पुस ।
जिल्ला प्रहरी कार्यालय भोजपुरले बाल यौन दुर्व्यवहार गरेको आरोपमा एक जनालाई पक्राउ गरेको छ । प्रहरीले भोजपुरको षडानन्द नगरपालिका वडा नम्बर ११ देउराली रामकण्ठेका ५६ वर्षीय शम्भु कार्कीलाई पक्राउ गरेको हो । कार्कीले गत ३ गते विहिबार विहान विद्यालय जान भनेर आफ्नो घरभित्रको कोठामा विद्यालय पोशाक लगाउदै गरेकि नाबालिकालाई घरका अरु नभएको समयमा आर्थिक प्रलोभनमा पारी बालयौन दुर्व्यवहार गरेको भनि बालिकाकी आमाले दिइएको उजुरीका आधारमा गत ६ गते पक्राउ गरिएको हो । पक्राउ परेका कार्कीलाई जिल्ला अदालत भोजपुर बाट म्याद थप गरी अनुसन्धान सुरु गरेको जिल्ला प्रहरी कार्यालय भोजपुरका प्रमुख प्रहरी नायव उपरीक्षक नर बहादुर सलामी मगरले जानकारी दिए ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार