भोजपुरमा रुखबाट लडेर एक जनाको मृत्यु


भोजपुर । भोजपुरको षडानन्द नगरपालिका(१ डाँडागाउँका ६० बर्षीय ऋषिधन सार्कीको रुखबाट लडेर मृत्यु भएको छ । बुधवार बिहान साँढे १० बजेको समयमा आफ्नै घर छेउमा रहेको रुखमा चढेर घाँस झार्ने क्रममा लडेर घटनास्थलमा नै मृत्यु भएको हो । घटनास्थलमा ईलाका प्रहरी कार्यालय दिङलाबाट प्रहरी टोली खटि कानूनी प्रकृयाका साथै थप अनुसन्धान भईरहेको जिल्ला प्रहरी कार्यालय भोजपुरले जनाएको छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार