चीनबाट प्याज आयात, मूल्य घट्दै


काठमाडौ,१८ मंसिर । दिनप्रतिदिन महँगिदै अभाव हुँदै आएको प्याज चीनबाट भित्रिन थालेपछि मूल्य घटेको छ । प्रतिकिलो २ सय ५० रुपैयाँको हाराहारीमा रहेको प्याज मुल्य भने घट्न थालेको छ ।

कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिका अनुसार सुकेको प्याजको थोक मुल्य १ सय ५० रुपैयाँ रहेको छ । भारतले प्याज निर्यातमा रोक लगाएपछि नेपाली बजारमा अभाव हुन थालेको प्याजको खुद्रा मुल्य गत आइतवार २ सय थियो भने सोमबार १९० रुपैयाँ कायम भएको थियो । १ सय ८० सम्म झरेको कालिमाटी फलफुल तथा तरकारी बजारले जनाएको छ ।चीनबाट आयात प्याज कालीमाटीसम्म आइपुग्दा प्रति किलो ८० रुपैयाँ पर्न आउँछ । भारतबाट आयात बन्द भएपछि चीनबाट ल्याउन थालिएको हो । चीनको प्याज आकार ठुलो र फरक स्वादको हुने गर्दछ ।पछिल्लो तीन महिनामा ७ लाख ३६ हजार केजी भारतबाट र ४१ हजार केजी चीनबाट प्याज आयात भएको छ । रसुवागढी नाकाबाट २ दिनमा मात्र्र ६२ हजार ५ सय ८० किलो प्याज आयात भएको थियो ।

गत शनिबार र सोमबार गरी दुई दिनमा ६२ हजार ५ सय ८० किलो प्याज आयात भएको रसुवागढी भन्सार कार्यालयका प्रमुख भन्सार अधिकृत पुण्यविक्रम खड्काले बताए । चालू आर्थिक वर्षको दुई महिनामा पहिलो पटक यो नाकाबाट यति धेरै प्याज आयात भएको हो ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार