भोजपुर नगरपालिका वडा नम्बर -१ भाम्राङमा लैङगीक हिंसा विरुद्धको चेतनामुलक कार्यक्रम सम्पन्न


भोजपुर १५ मंसिर । भोजपुर नगरपालिका वडा नम्बर -१ भाम्राङमा लैङगीक हिंसा विरुद्धको चेतनामुलक कार्यक्रम सम्पन्न भएको छ । भोजपुर नगरपालिकाको आयोजनामा भाम्राङमा रहेको सिंहदेवी माध्यामिक विद्यालयमा सामुदायिक प्रहरी साझेदारी कार्यक्रम अन्तर्गत चेतनामुलक कार्यक्रम गरिएको हो । लैङगीक हिंसालाई कम गर्नका लागि विद्यार्थीको माध्यमबाट टोल टोलमा चेतना पु¥याउने उद्धेश्यले कार्यक्रमको आयोजना गरिएको हो । कार्यक्रमको सहजिकरण जिल्ला प्रहरी कार्यालयका प्रहरी निरिक्षक पाण्डव कुमार राजवंशी , महिला अधिकारकर्मी शुसीला तामाङ र बुनु राईले गरेका थिए । कार्यक्रममा अधिकांस सहभागीले महिला हिंसा चेतनाको अभावका कारण भएकाले यस तपर्फ सवै सेचत हुनु पर्ने धारणा राखेका थिए । त्यस्तै कार्यक्रममा बोल्दै भोजपुर नगरपालिलकाकी उपमेयर ममिता राई महिला तथा बालबालिका सम्वन्धी हिंसा दिन प्रतिदिन बढी रहेकाले यस तर्फ सवै सजक हुनु पर्ने साथै यस्ता खालका घटना घटेमा प्रहरी कार्यालय, वडा कार्यालय वा नगरपालिका स्थित न्यायिीक समेतीमा खवर गर्न समेत आग्रह गरेकी छिन् । विद्यालयका प्रध्यान्ध्यापक रामकुमार तामाङको अध्यक्षतामा भएको कार्यक्रमको प्रमुख अतिथि भोजपुर नगरपालिकाकी उपमेयर ममीता राई रहेकी थिइन ।  कार्यक्रममाभोजपुर नगरपालिका वडा नम्वर १ का वडा अध्यक्ष विष्णु भुजेल , जिल्ला समन्वय समिति सदस्य रमा राई, किँरात राई यायोख्खाकाी अध्यक्ष सिर्जना राई, शिक्षक, विद्यार्थी लगाएतको सहभागीता रहेको थियो ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार