भोजपुरको च्याङ्ग्रेमा आगलागी हुँदा दुई चौपाया मरे


भोजपुर, १३ मङ्सिर।
भोजपुरको पौवादुङमा गाउँपालिका –३ च्याङ्ग्रेमा आज दिउँसो आगलागी हुँदा दुई ओटा चौपाया मरेका छन् । स्थानीय बलबहादुर पाण्डेको गोठघरमा आगलागी हुँदा दुई ओटा चौपाया मरेका छन्, भने दुई ओटा जलेर गम्भीर घाइते भएको जिल्ला प्रहरी कार्यालय भोजपुरले जनाएकोछ । आगो स्थानीय र प्रहरीको सहयोगमा नियन्त्रण लिएको छ । आगलागीबाट कुनै पनि मानविय क्षति नभएको प्रहरीले जनाएको छ । आगलागीको कारण खुल्न सकेको छैन ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार