दिक्तेल–आहाले सडकको काम सुस्त


खोटाङ, १३ मंसिर । दिक्तेल–खानीडाँडा–आहाले सडक कालोपत्रेको काम सुस्त देखिएको छ। राष्ट्रिय पुनर्निर्माण प्राधिकरणको २१ करोड १ लाख ८८ हजार लागतमा पूरा गर्नेगरी सुरु गरिएको १०।७९ किलोमिटर लामो सडकमा कालोपत्रेको काम सुस्त देखिएको हो।

२०७५ मंसिर १ गते शिलान्यास भएको उक्त सडकको काम गत असारसम्ममा करिब २५ प्रतिशत मात्र प्रगति देखिएको राष्ट्रिय पुनर्निर्माण प्राधिकरण जिल्ला आयोजना कार्यान्वयन एकाइ ९अनुदान व्यवस्थापन तथा स्थानीय पूर्वाधार०को कार्यालय खोटाङका प्रमुख घनश्याम उपाध्यायले बताए।

दिक्तेलको अस्पताल चोकबाट खानीडाँडा विमानस्थल हुँदै रेग्मीटार पुग्ने सडकको दिक्तेल–खानीडाँडा–आहाले खण्ड कालोपत्रेको काम १८ महिनाभित्र पूरा गर्नेगरी याक्तुहाङ साप सिरुवा जेभीले २०७५ साल असोज १ गते ठेक्का लिएको थियो। सुरुका दिनमा सडक कालोपत्रेको काम तीव्र गतिमा अघि बढाइएको भए पनि पछिल्लो समय निर्माणको काममा ढिलासुस्ती देखिएको प्रमुख उपाध्यायले बताए। सम्झौताअनुसार २०७६ चैत ७ गतेसम्ममा सडक कालोपत्रेको काम पूरा गर्नुपर्ने हुन्छ। तर निर्माण कम्पनीले असारयता काम गर्न नसकेको कार्यालयले जनाएको छ। ‘सडक कालोपत्रेमा भइरहेको ढिलासुस्ती यस कार्यालयका लागि सबैभन्दा चिन्ताको विषय बनेको छ,’ उपाध्ययले भने, ‘विगतमा सडकको प्रगति राम्रो थियो तर हाल धिमा गतिमा अघि बढेको छ।’

सम्झौताअनुसार २०७६ चैत ७ गतेसम्ममा सडक कालोपत्रेको काम पूरा गर्नुपर्ने हुन्छ। तर निर्माण कम्पनीले असारयता काम गर्न नसकेको सरकारी अधिकारीले बताएका छन्।
सडक कालोपत्रेको काममा ढिलासुस्ती भएपछि निर्माण कम्पनीका प्रमुख शिवप्रसाद चौलागाईंलाई दिक्तेलमा बोलाएर गत कात्तिक ५ गते आयोजना गरिएको बैठकमा उनले मंसिरसम्ममा प्रगति देखाउने प्रतिबद्धता गरेका थिए। तर प्रतिबद्धताअनुसारको काम नभएको कार्यालयले जनाएको छ। निर्माण कम्पनीले नाली, रिटेनिङ वाल, ग्राभेल आरसिसी, साइड ड्रेनसहित ६।२५ मिटर चौडा हुने सडकको ३।७५ मिटर भाग पिच गर्नेगरी ठेक्का लिएको हो।

याक्तुहाङ साप सिरुवा जेभीका निर्देशक कल्याण दाहालले भने सडक कालोपत्रेको काम भइरहेको बताए। ‘अहिले पनि काम भइरहेको छ। निर्माणस्थलमा ३०र४० जना कामदार छन्। बालुवा, मेसिन ल्याइसकिएको छ,’ दाहालले भने, ‘अब कामले तीव्रता लिन्छ। तोकिएको समयमा सडक कालोपत्रे गरेर जिम्मा लगाउँछु।’

दिक्तेल नगरपालिकाबाट हलेसी तुवाचुङ नगरपालिकाको राजापानी जोडिने दिक्तेल–रेग्मीटार सडक दिक्तेल र उदयपुरको गाईघाट जोड्ने सबैभन्दा छोटो मार्ग बन्ने दाबी गरिएको छ। हाल सञ्चालनमा रहेको दिक्तेल–फोक्सिङटारभन्दा छोटो हुने भएकाले भविष्यमा दिक्तेल–रेग्मीटार सडक पूर्वी तराई जानआउनग बढी प्रयोग हुने जिल्ला समन्वय समिति खोटाङका प्रमुख बबी चाम्लिङले बताए। सडकले मनमाया राई खानीडाँडा विमानस्थललाई पनि छुने भएकाले दिक्तेलबाट विमानस्थल आवत–जावत गर्न पनि सहज हुनेछ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार