अर्घाखाँचीमा बस दुर्घटना, १७ को मृत्यु, ११ घाइते


काठमाडौं, ११ मंसिर । अर्घाखाँचीमा आज भएको बस दुर्घटनामा १७ जनाको मृत्यु भएको छ । सन्धीखर्कबाट बुटवलतर्फ आउँदै गरेको लु२ख २१४८ नम्बरको गाडी सन्धीखर्क नगरपालिका ६ नरपानीमा दुर्घटना हुँदा १० पुरुष र सात महिलाको मृत्यु भएको हो । सो बस सडकबाट करिब चार सय मिटर तल खसेको छ ।दुर्घटनामा ११ जनामध्ये दुई जनाको सन्धीखर्कमै उपचार भइरहेको छ । अन्यलाई बुटवलतर्फ लगिएको छ । मृतक र घाइतेको नाम खुल्न सकेको छैन ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार