कर्णालीका दुर्गम गाउँमा खानेपानीको अवस्था विकराल


सुर्खेत, ६मंसिर । कर्णाली प्रदेशको दुरदराज गाउँमा खानेपानीको विकराल अवस्था छ । कर्णालीमा जति समृद्धिको नारा लगाइए पनि खानेपानीको निकै अभाव देखिएको हो ।कर्णालीका दुर्गम गाउँमा पुर्वाधारको अवस्था स्थानीय सरकार आएपछि सामान्य रुपमा बदलिए पनि खानेपानीको उस्तै हालत छ । कालिकोटको पलाँता गाउँपालिका–२ बान्जडाकी सरस्वती प्याकुरेलको दैनिकी पीठिउँमा खानेपानीको भारी बोक्दै बित्छ। एक गाग्री पानी लिन उनी दुई घण्टाको बाटो हिँडेर खोला किनारमा रहेको धारामा पुग्ने गर्छिन् ।

गाउँमा पानीको निकै पीडा पाएकी सरस्वती त एक प्रतिनिधि मुलक पात्र मात्र हुन् । उनी जस्तै पानीको जोहो गर्दै यहाँका धेरै स्थानीयको दैनिकी गुजरा गर्न मुस्किल बन्दै गएको छ । उनले खाडाको घरबाट एक घण्टा ओरोलो झरेर थाडीबाट पानी ल्याउनुपर्ने बाध्यता छ । सरस्वतीको वर्षौंदखि पानी बोक्दा बोक्दै थाप्लोका कपाल झरिसकेका छन् । सजिलै एक गाग्री पानी पाउँदा पनि लडाइँ जितेजस्तै गर्नु पर्ने समस्या छ ।

धारोमा गाउँभरिका मानिस पानी भर्न लाइन लागेर बसेका हुन्छन् । जीवनकै ठुलो दुःख पानीको पाएको सरस्वतीको गुनासो छ । गाउँमा आउने सरकारी तथा गैरसरकारी संस्थाका प्रतिनिधिले खानेपानी समस्या समाधानका लागि धेरै आश्वासन दिए पनि पानीकै पिरलो छुट्न नसकेको स्थानीय महिलाहरू गुनासो गर्छन् । पलाँताको खाँडामा एउटा मात्र धारो छ । त्यही पनि पालो कुरेर बस्नु पर्ने मात्र होइन् । रातभरी जागराम बस्नु पर्ने बाध्यता छ । धाराको वरिपरी बिस्कुन डाँसे जस्तै रित्ता भाँडाको लस्कर लागेको छ । पानी भर्न लाइन लाग्नुपर्ने हुँदा छिटो भर्न खोज्दा भागदौड हुने र बालबालिका घाइतेसमेत हुने गरेका छन् ।

धौलागोह राडुनेटाकी ६० बर्षीया वेलकला बमको पीडा पनि कम छैन् । उनी रातभरी पानीको लागि धारोमै वास बस्ने गर्छन् । पानीको लागि पाउनु दुःख पाएको पीडा पोख्छिन् । विगतका सरकारभन्दा स्थानीय सरकार आएपछि खानेपानीको आशा जागेको स्थानीय बलले बताईन् । बालबालिकालाई पानी ल्याउँदैरातदिन बित्छ । स्कुल जानै भ्याइँदैन । पानी नहुँदा नुहाउन नपाइने र विद्यालयमा शिक्षकले रिसाउने गर्छन् । बान्जडामा खानेपानीका लागि बजेट नआएको पनि होइन् । पलाँताकै चर्चित बुड्ने खानेपानी आयोजनामा वर्षौंदेखि बजेट आइरहेको छ । लाखौं बजेट खर्चिए पनि खानेपानी योजना अधुरै रहेका छन् ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार