बाराको गढीमाई मेला शुरु, यस्तो छ गढीमाईको चर्चा


जनकपुरधाम,३ मंसिर । बाराको बरियारपुरस्थित गढीमाई मन्दिरमा विशेष पूजा शुरु भइसकेको छ । झूण्डका झुण्ड भक्तजनहरु त्यहाँ पुगेका छन् । वारा पर्साका होटेलहरु शुरुकै दिनमा भरिएका छन् । हरेक पाँच वर्षमा लाग्ने मेलाको आकर्षण गढीमाईमा देख्न सकिन्छ । लाखौं धार्मिक पर्यटक यसपाली पनि आइपुग्छन् मन्दिरका पुजारी मंगल चौधरीले बताए ।

एक महिना लाग्ने यो मेला नेपालकै ठूला मेलामध्येको एक हो । मंसिर १७ गते देखि १९ गतेसम्म विशेष वलिप्रदान हुने छ । पहिलो पटक गढीमाईको दर्शन, पूजाआजा गरी आफ्नो भाकल गर्ने र अर्को मेलामा बलि चढाउने आस्था रहेको धार्र्मिक जानकारहरु वताउँछन् । देशका प्रमुख सय पर्यटकीय गन्तव्यमा परेको गढीमाईमा भारतका धेरै जनसंख्या भएका राज्यहरू बिहार, उत्तर प्रदेश, पश्चिम बंगालसहित पूरै भारतका विभिन्न क्षेत्र, बंगलादेश, भुटानबाट पनि श्रद्धालु आइपुग्छन् । नेपालका पनि सबैजसो जिल्लाबाट धर्मालवम्बीहरु पुग्ने गर्छन् ।

पिठ छेवैको खुल्ला चउरमा राखिएको त्रिशूलबाट मानिसका शूल रूपी तीन ताप आध्यात्मिक, आदिदैविक र आदिभौतिक नाश हुन्छन् भन्ने जनविश्वास रहेको छ । त्रिशूल स्थापना भएको दक्षिणतिर हाल देवीको मूर्तिसहित मन्दिर रहेको छ । मन्दिरबाट पूर्व दक्षिणतिर पीपलबोटसँगै रहेको ब्रह्मस्थलबाट मार्ग शुक्ल सप्तमीका दिन सरसफाइ र लिपपोत गरी गढीमाईलाई स्वागत गर्दै पाँच दिनसम्मको पूजा गरिसकेपछि अन्य दर्शनार्थीहरूको लागि दर्शन खुला गरिने प्रचलन छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार