भोजपुरका दुई वडा पूर्ण सरसफाई उन्मुख वडा घोषणा


भोजपुर १५ पौष ।
भोजपुर जिल्लाका दुई वटा वडा पूर्ण सरसफाई उन्मुख वडा घोषणा भएका छन् । भोजपुरको पश्चिमी टेम्केमैयङु गाउपालिका वडा न – ७ कोटलाई पूर्ण सरसफाई उन्मुख वडा घोषणा गरिएको छ । वडा क्षेत्र भित्र रहेका करिव चार सय बढि घरधुरीले सौचालय, खानेपानी, डस्वीन लगाएतका ५ वटा सुचक पुरा गरेकाले वडालाई सरसफाई उन्मुख वडा घोषणा गरिएको वडा अध्यक्ष उद्धव राईले जानकारी दिए ।

वडालाई अव ५ प्लस २ सुचक पुरा गराई चाडै नै पुर्ण सरसफाई युक्त वडा घोषण गर्ने तयारी पनि भईरहेको राईको भनाई छ । त्यसको लागि सबै सरोकारवाला निकाय संगै वडा कार्यालयले पनि सक्दो प्रयास गरी चाडै नै घोषणा गरीने नेपालको भनाई छ । त्यस्तै सबै सुचक पुरा गरी मापदण्ड अनुसार हरीयो स्टिकर टासेका मध्ये उतकृष्ट १८ वटा घरलाई प्रमाणपत्र र सरसफाई सामाग्री समेत दिइएको छ । वडालाई सरसफाई युक्त वडा वनाउन फन्टवोर्डले सरसफाई सम्वन्धी कार्य गरिरहेको छ ।

त्यस्तै भोजपुरको दक्षीणी राम प्रसाद राई गाउँपालिका वडा नं ६ बैकुण्ठेलाई पनि पुर्ण सरसफाई उन्नमुख वडा घोषण गरीएको छ । वडा भित्र रहेका ५ सय ४६ घर धुरीले सौचालय, खानेपानी, डस्वीन लगाएतका ५ वटा सुचक पुरा गरेकाले वडालाई सरसफाई उन्मुख वडा घोषणा गरिएको हिहल्ड नेपालद्धारा सञ्चालीत ग्रामीण खानेपानी तथा सरसफाई सुधार आयोजनका वास अफिसर विज्ञान राईले जानकारी दिए ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार