भोजपुरमा सुन्तला उत्पादन २० प्रतिशतले गिरावट, यस्तो छ, उत्पादन घट्नुको कारण !!


भोजपुर, १५ पौष ।
भोजपुर जिल्लामा यस वर्ष सुन्तलाको उत्पादन घटेको छ । गत वर्षको तुलनामा २० प्रतिशत उत्पादन घटेको जिल्ला कृषि विकास कार्यालयको भनाई छ । जिल्लामा गत वर्ष ४ हजार २ सय मेक्टिन सुन्तला उत्पादन भएकोमा यस वर्ष ३ हजार ३ मेटिक्टन मात्र उत्पादन भएको हो । गत वर्षको तुलनामा यस वर्ष ९ सय मेक्टिक टनले उत्पादनमा कमी आएको छ ।

उत्पादन घट्नुमा कृषहरुले समयमा वगैचाको व्यावस्थापन गर्न नसक्नु मुख्य कारण रहेको जिल्ला कृषि विकास कार्यालयकाको भनाई छ । गत वर्ष सुन्तलाको राम्रो उत्पदान हुँदा कृषकले लामो समय सम्म वोटमा नै सुन्तला राख्दा यस वर्ष उत्पादन घटेको कृषि कार्यालयले जनाएको छ ।
जिल्ला कृषि विकास कार्यालयका अनुसार फलेको सुन्तला नयाँ फल लाग्नु भन्दा २ महिना अगाडी टिपि सक्नु पर्ने हुन्छ तर गत वर्ष  नयाँ फल लाग्ने समय सम्म कृषकले वोटमै सुन्तला राखेका थिए ।

भोजपुर जिल्लामा ६ सय ५० हेक्टर सुन्तला खेति हुने गरेको भए पनि हाल ५ सय हेक्टरमा लगाएईको वगैचाबाट मात्र सुन्तला उत्पादन भईरहेको छ । भने वाँकी क्षेत्रमा भर्खरै मात्र खेती शुरु भएकोले प्रतिफल आउन केहि समय लाग्ने जनाईएको छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार