मूख्यमन्त्री राईद्धारा भोजपुर– टक्सार सडक कालोपत्रेको सिलान्यास


भोजपुर, ७ बैशाख ।
सदरमुकामबाट टक्सार विमान स्थल सम्मको सडक कालोपत्रे गर्नको लागि सिलान्यास गरिएको छ । सडकको प्रदेश नम्बर १ का मूख्यमन्त्री शेरधन राईले शनिवार विहान शिलान्यास गरेका हुन् ।
प्रदेश सरकारको कार्यक्रम अनुसार पूर्वधार विकास कार्यालय भोजपुर, अन्तर्गत १३ करोड ५३ लाख ५८ हजार २२७ रुपैयाँ लागतमा सडक कालोपत्रे गरीने पूर्वाधार विकास कार्यालय भोजपुरका प्रमुख राजनराज रेड्डीले जानकारी दिए ।

पाँच किलोमिटर लम्बाई रहेको सो सडकको ढेड वर्षभित्र कालोपत्रे सम्पन्न हुने जनाइएको छ । सडक निर्माणको लागि ठेकेदार कम्पनी रायमाझी–जगदम्बा–मार्सेली जेभीसँग सम्झौता गरिएको छ । सडक निर्माणको जिम्मा पाएको ठेकेदार कम्पनीका प्रतिनिधि श्यामकुमार श्रेष्ठले आफूले समयमै गुणस्तरीय काम सम्पन्न गर्ने सार्वजनिक प्रतिबद्धता जनाए । उनले निर्माणको काम समयमै सम्पन्न गराउन सबै पक्षले सहयोग र निगरानी गर्न आग्रह गरे ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार