अज्ञात व्यक्तिद्वारा माछापोखरीमा विष हाल्दा क्षति


रौतहट, ५ वैशाख । अपरिचित व्यक्तिले माछा पोखरीमा विष हालिदिँदा ५० लाख रुपैयाँभन्दा बढीको क्षति भएको छ। जिल्लाको गुजरा नगरपालिका–४ कनकपुरस्थित व्यवसायी चन्द्रकेत महतोको पोखरीमा अज्ञात व्यक्तिले विष हालिदिएको र पोखरीका विभिन्न प्रकारका माछा मरेकाले सो रकमबराबरको क्षति भएको हो।

साढे दुुई बिगाहा क्षेत्रफलमा फैलिएको पोखरीमा रोहु, नैनी, बिगहेड कार्प, इजरायल, सिल्भर कार्प, ग्रास कार्पजस्ता विभिन्न जातका छिटो हुर्कने र महँगोमा बिक्री हुने खालका माछा र भुरा हालिएका थिए। पोखरीमा विष हालिदिएपछि तयारी माछा र भुरा सबै मरेको व्यवसायी महतोले बताए। पोखरीलाई सफाइ गरेर फेरि माछापालन गर्न योग्य बनाउन पनि हजारौं रुपैयाँ खर्च गर्नुपर्ने अवस्था रहेकोे उनको भनाइ छ।

वैशाखमा बिहेका धेरै लगन भएकाले राम्रो आम्दानी हुने उद्देश्यले पोखरीमा तीन केजीसम्मका माछा हुर्काइएका थिए।
पोखरीमा विष हालेको केही समयपछि माछा मर्नलाग्दा मात्र आपूmले थाहा पाएको महतोले बताए। पोखरीमा विष हालेका कारण पछिल्लो तीन वर्षको मिहिनेत खेर गएको उनले गुनासो गरे। नेकपानिकट मानिएका पीडित महतोले राजनीतिक पूर्वाग्रह राखेर कसैले जानीजानी पोखरीमा विष हालिदिएको दाबी गरे।

उनले वैशाखमा बिहेका धेरै लगन भएकाले राम्रो आम्दानी हुने उद्देश्यले पोखरीमा तीन केजीसम्मका माछा हुर्काएका थिए। मंगलबार बेलुकी अपरिचित व्यक्तिले पोखरीमा विष हालिदिएकाले ५० लाख रुपैयाँभन्दा बढीको क्षति भएको उनले दाबी गरे। उनका अनुसार तीन किलोसम्मका झन्डै ३० क्विन्टल ठूला माछा र भर्खरै हालेका ८० हजार भुुरा मरेकाले ठूलो नोक्सानी भएको छ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार